Logo

शनिवार, माघ १० गते २०७७

images
images
images

स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली


स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

काठमाडौं । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

आगामी बिहीबारसम्म प्रदेश नम्बर–१, २, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ ।देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३।७ डिग्री रहेकामा आज २१।८ डिग्री सेल्सियस छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नम्बर–१, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु, कुहिराको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३।९ डिग्री  छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३।६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३।६ डिग्री सेल्सियस छ ।
 रासस

कामना न्यूज

  • मंगलवार, पौष २८ २०७७१२:१६:००
सम्बन्धित समाचार
विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ