काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–२ ले कन्टेन्ट चोरी गरेको आरोपमा एक प्रतिस्पर्धीलाई शो बाट निकालेको छ । सिरहाका तपेश्वर सिंहले अरुको कन्टेन्ट चोरी गरेको प्रमाणीत भएपछि उनलाई निकालिएको हो ।
उनी 'गोल्डेन की' प्राप्त गर्दै सिधै टप २४ मा प्रवेश गरेका थिए । “गोल्डेन की विजेतासमेत रहेका तपेश्वर सिंहको गोल्डेन की फिर्ता लिइँदै उनलाई टप २४ बाट निष्काशन गरिएको छ । उनको ठाउँमा अक्जल पूजारीलाई टप २४ मा प्रवेश दिइएको छ,” ‘कमेडी च्याम्पियन’ निर्देशक विशाल भण्डारीले भने, “एक भारतीयको कन्टेन्ट हुबहु कपी गरेको पाइएपछि हामीले उनलाई निष्काशन गर्ने निर्णय गरेका हौं । उनले अरुबाट सिक्न सकिने तर चोर्न भने हुँदैन भन्ने हाम्रो मान्यता हो । आफ्ना सिर्जनाले मात्रै कलालाई सुन्दर र भिडबाट अलग बनाउँछ ।”
यसैबीच, ‘कमेडी च्याम्पियन’ले अहिले उत्कृष्ठ २४ प्रतिस्पर्धीको प्रस्तुतीको क्ल्प्सि युट्युबमा अपलोड गरिरहेको छ । डिजिटल अडिसनबाट छनोट भएर आएका १८० जनाबाट छानिएका २४ जनाको प्रस्तुतीको क्ल्पि्स कमेडी च्याम्पियनले आफ्नो युट्युब च्यानलमा अपलोड गरिरहेको हो ।
डिजिटल अडिसनबाट छनोट भएर आएका १८० जनाको फिजिकल अडिसन पुसको पहिलो हप्ता काठमाडौंमा लिएको थियो ।
भदौ १५ गतेबाट सुरु गरेर असोज ३० सम्म लिइएको डिजिटल अडिसनमा ६ हजारभन्दा धेरै सहभागी थिए । सो फेब्रुअरी ६ बाट कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ । ओएरआर डिजिटलबाट पनि सोही समय लाइभ हुने छ ।
सो शनिबार र आइतबार प्रशारण हुने छ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।
विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
दोस्रो सिजनमा पनि निर्णायक सिजन–१ कै हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल तथा निर्देशक प्रदीप भट्टराई र नायिका ऋचा शर्मा छन् ।
“यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन गरिएको छ । सेट परिमार्जित र भब्य बनाइएको छ,” निर्देशक भण्डारी भन्छन्, “गत वर्षभन्दा सेटमा मात्रै १५–२० लाख बढी खर्च भएको छ । कन्टेन्टमा पहिलो सिजनभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको छ ।”
यो वर्ष विभिन्न क्षेत्रबाट प्रतिस्पर्धामा सहभागिता जनाउन प्रतिस्पर्धी आएको उनले बताए । विभिन्न पेशा, व्यावसाय, क्षेत्र र समुदायबाट प्रतिस्पर्धी आउँदा कन्टेन्टमा पनि विभिधता आउने उनको अपेक्षा छ ।
‘कमेडी च्याम्पियन’ सिजन–१ मा हिमेश पन्त विजेता बनेका थिए ।
मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो