Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

‘फाइटर’मा ऋतिक र दीपिका

‘फाइटर’मा ऋतिक र दीपिका


‘फाइटर’मा ऋतिक र दीपिका

नायक ऋतिक रोशनले चलचित्र ‘वार’ पछि नयाँ चलचित्र साइन गरेका छैनन् । गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘वार’का नायक रोशनलाई दर्शकले फेरि पनि एक्सन अवतारमै हेर्न चाहिरहेका छन् । तर, अब भने दर्शकको चाहना पुरा हुने भएको छ ।

चलचित्र ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको साथमा चलचित्र ‘फाइटर’ बनाउने पक्का भएको छ । यो चलचित्रमा नायक ऋतिक रोशनसँग नायिका दीपिका पादुकोणले काम गर्ने पनि पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।मिडियामा दीपिका र ऋतिकले काम गर्न लागेको चर्चा चलेको त लामो समय भैसकेको छ । तर, अब भने दीपिका र ऋतिकलाई एकसाथ एक्सन अवतारमा यो चलचित्रमा हेर्न पाइनेछ ।

यो चलचित्रको छायांकन डिसेम्बर महिनाबाट सुरु हुनेछ । बलिउड पण्डितहरुले ऋतिक र दीपिकाको जोडी एकसाथ देखिन लाग्नुलाई उत्साहजनक कुरा भनेका छन् ।

कामना न्यूज

  • आइतवार, पौष २६ २०७७०८:२८:५३
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो