जीवन सधैँ एक नास हुदैन । सुख र दुख आउने जाने क्रम भईरहन्छ । यी दुवै एकै सिक्काका दुई पाटा हुन् । जुन कुराकोे कमी हाम्रो जीवनमा महशुस हुने गर्छ त्यो कुराले हाम्रो जीवनमा बढी विशेष्ता बोकेको हुन्छ । समयसंगै जीवन र जीवनसंगै समय बदलने गर्दछ । बाच्दै जादाँ तीतामीठा पलहरु आउनुका साथ सहजता असहजता पनि बद्लिदै गएको हुन्छ । जीवन पनि कहिलेकाही उकुसमकुुस महसुस हुन्छ । सधैं एकै किसिमको काम र दैनीकीले यस किसिमको असहजता हुनु सामान्य हो तर यस परिस्थितबाट निक्लन भने सोचे जस्तो सहज नहोला । जब जीवनसंग हार महशुस हुन्छ त्यतीवेला उकुसमुकुस जस्तो लाग्छ जीवन नै । जति अप्ठ्यारो यो शब्द छ त्यती नै गाह्रो महशुस हुने गर्छ ।
उकुसमुकुसले आफ्नो जीवनप्रति असहजता त देखाउँछ नै साथै प्रेरणा पनि कम हुने गर्छ । कहिले काही जीवनको मूल्य नै लाग्दैन र यी सब कुराको नतीजा भने उकुसमुकुसताले झल्काउने गर्छ । सबै कुरा हेर्दा उही पूरानो जस्तो लाग्ने र केही नै नयाँपन नभएको फिल हुने गर्दछ । यो सब कुराले जीवनप्रति केही उत्साह नै आउदैन र अन्तत उकुसमुकुस महसुस हुनु जाएज नै हो । सबै जनालाई कुनै न कुनै समयमा आफ्नो जीवन उकुसमुकुस लागेकै हुन सक्छ । सायदै कोही व्यक्ति होला जसलाई हरेक पल जीवनमा खुसी र हर्षमात्र महशुस गरेको ।
यस्तो परिस्थिमा आफूलाई कसरी परिवर्तन गर्ने त ? असहजताबाट आफूलाई बचाउन अत्यन्त महत्वपूर्ण हुन्छ । सानो कुरामा पनि आफूलाई हार मान्न नदिनु एक ओखती हो । सकरातमक सोचले हामीलाई प्रेरणा दिन्छ । कहिले काही यस्तो खाले सोचले डिपे्रसनसमेत हुने गर्दछ । केही समय आफ्नो लागी छुट्याई आफनो जीवनको लक्ष्य र खुसी हुने कारणमा जोड दिने प्रयास गरे अवश्य पनि यस किसिमको महशुसताबाट पनि बच्न सक्छौँ । आफ्नो भावनामहरुलाई नियण्त्रण गर्न सकेमा धेरै नकरात्मक कुराहरुबाट हामी बच्न सक्छौ ।
धेरै सोच्नु पनि राम्रो होईन त्यसैले एक राम्रो सोचौँ र त्यस सोच अनुसार प्रयास गरे पक्कै पनि सफलता तथा खुसी महसुस गर्न सकिन्छ । आफनो खुसी चिन्न पनि अति आवश्यक कुरा हो त्यसैले सानो सानो खुसी चिन्ने प्रयास गरौँ । आत्मविश्वास बढाउँनु पनि अत्यन्त जरुरी हुन्छ । आफ्नो मूल्यवान जीवनलाई हरेक दिन एउटा मौका दिई अगाडी बढौँ ।
बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ