कोरोनाका कारण सबै जना घरमै बन्द भए । लकडाउनमा घर बाहिर निस्कने झन् कुरै भएन । त्यो समयमा ब्युटिपार्लर धाउने समय नै मिलेन । तर जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै धेरै महिलाले आफ्नै घर वा भान्सामा भएका घरेलु सामानलाई सौन्दर्य सामानका रूपमा प्रयोग गरे । बेसार, दही, कागती, गोलभेंडादेखि घिउकुमारी एवं काँक्रो आदिको प्रयोग गरी आफ्नो सौन्दर्य निखार्ने अभ्यास गरे ।झन् अहिले त सुन्तला पाउने सिजन पनि हो, त्यहि सुन्तलाको बोक्रालाइ सुकाएर तेस्लाई धुलो बनाइ लगाउदा अनुहारमा छुट्टै चमक देखिने पाइयो।
धेरै महिलाले मेकअपको खास आवश्यकता पनि महसुस गरेनन् । एक त घरभित्रै बस्नुपर्ने । अर्को चाहिँ घरबाहिर निस्कनुपर्दा मास्क लगाउनुपर्ने । यस्तो अवस्थामा मेकअप किन गर्ने ?
यसबाहेक अर्को नयाँ ट्रेन्ड पनि सुरु भयो, विथआउट मेकअप अर्थात् कुनै मेकअप नगरी आफ्नो अनुहार देखाउने ट्रेन्ड । यो ट्रेन्ड सुरुमा सेलिब्रेटीहरूले सुरु गरे । उनीहरूले मेकअप नगरेको अनुहार सामाजिक सञ्जालमा सार्वजनिक गरे । त्यसपछि अन्य सर्वसाधारणले पनि उनीलाइ फलो गर्दै मेकअपबिनाको तस्बिर पोस्ट गर्ने थाले ।
यसको राम्रो पक्ष के देखियो भने बाहिरी वा बजारको सौन्दर्य प्रसाधन, ब्युटी ट्रिटमेन्टबाट आफ्नो सौन्दर्य निखार्ने होइन । बरु आफूलाई प्राकृतिक रूपमै सुन्दर एवं आकर्षक देखाउनुपर्ने । यसका लागि पहिलो सर्त त शारीरिक स्वास्थ्य भयो । फिटनेस, खानपान र घरेलु प्रसाधनको प्रयोग गरेर प्राकृतिक रूपमै आफूलाई सुन्दर देखाउने अभ्यास सुरु भयो ।
विश्वका कतिपय सेलिब्रेटीले यही फर्मुला फलो गर्दै मेकअप नगरेको अनुहार सामाजिक सञ्जालमा राखे । अमेरिकी अभिनेतृ हेल बेरी, अमेरिकी एम्बर हर्डका साथै अमेरिकन टेलिभिजन प्रस्तोताहरूले समेत नो मेकअप ट्रेन्ड पछ्याए । उनीहरूले बिनामेकअप नै समाचार वाचन गरे र मेकअपको वर्षौं पुरानो प्रचलन तोडिदिए । उता बलिउड अभिनेतृहरू मलाइका अरोरा, करिना कपूर खान, दीपिका पादुकोण, आलिया भट्टले पनि बिनामेकअपको तस्बिर आफ्ना सामाजिक सञ्जालमा सेयर गरे । नेपाली अभिनेतृ साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत पनि बिनामेकअप देखिए । यसरी मेकअपबिना पनि सुन्दर देखिन्छ भन्ने नयाँ अवधारणाको जन्म भयो ।
महिलाले सुन्दरताका लागि वा आफ्नो सुन्दरता कायम राख्नका लागि मेकअप गर्ने प्रचलन धेरै पुरानो हो । खासगरी महिलाले आफूलाई प्राकृतिक रूपमै सुन्दर बनाउनुपर्ने र यसका लागि उनीहरूले जीवनशैलीमा ध्यान दिनुपर्ने तर्क उठ्न थालेको छ ।
बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ