Logo

शनिवार, माघ १० गते २०७७

images
images
images

आत्मवल बढाऔँ

आत्मवल बढाऔँ


आत्मवल बढाऔँ

हामी छौँ र त यो संसार छ । आफ्नो जीवनलाई सबैले अरुभन्दा बढी माया र रक्षा गर्ने प्रवृति हुन्छ । सफल बन्न मिहिनेतले ठूलो भूमिका खेल्छ । सीप,ज्ञान,शिक्षा,मिहिनेत,सकरात्मक सोच इत्यादी सफल बन्नकालागी असाध्यै आवश्यक कुराहरु हुन् । यी कुराहरु किन्न सकिने वस्तु होईन तर दैनिकी रुपमा अभ्यास गर्नाले प्राप्त गर्न सकिन्छ । हामी सानैदेखी विभिन्न कार्यहरु गर्छौ र गल्ती पनि पटकपटक गर्ने गर्छाै तर पनि हार भने पटक्कै मान्दैनौँ । यो हार नमान्नु प्रवृति नै आत्मवल राम्रो हुनु हो । 


आत्मवल भएको मानिस आफ्नो जीवनलाई सकरात्मक रुपले हेर्ने गर्छन र हार भने कहिले पनि नमान्ने पक्षमा हुन्छन् । आत्मवल भएमा सकरात्मकताले अगाडी बढिन्छ तर आत्मवलको कमी भएमा जीवन पनि वोर लाग्छ र हरेक कुराको कमजोरी मात्र देख्छन् । एउटा सानो गाउँमा जन्मेर पनि कुनै व्यक्ति संसारमै आफ्नो राम्रो कामद्धारा चर्चित र धनी बन्ने गर्छ तर एउटा धनाढ्य परिवारमा जन्मेर पनि उसले आफ्नो अवसरहरु नचिन्नुको कारणले सधैँ निराश र असफल हुने गरेको हुन्छ । यस कुराले मात्र के जनाउँदछ भने मानिसमा आत्मवलको धेरै ठूलो महत्व हुने गरेको छ । 


मानिस सबै एकै हुन्छन् तर विभिन्न परिस्थितिले मानिसको तह छुट्टिने गर्छ । मिहिनेत गर्न आटँ चाहिने गर्छ र यती मात्र नभएर आत्मवलको पनि उतिकै महत्व हुन्छ । काम गर्दा कलिे सफल भईन्छ भने कहिले असफल । सफल हुदैँमा त्यो अन्तिम सफलता होईन र असफल हुदैँमा हार मानेर बस्नु पनि हुदैँन । यी सब कुरा जीवनको पाटो हुन् ।


दृढ विश्वासका साथ अगाडी बढे केही न केही पक्कै पनि सिक्ने मौका प्राप्त गठर्न सकिनेछ । सधैँ बिहान उठ्दा आफूलाई एक पटक ऐना हेरौँ र आफूलाई ध्यान दिदैँ सोचौँ कि हामीलाई जीवनबाट के चाहिएइको छ र के यणे प्राप्त गर्न गर्नुपर्ने मेहेनत गर्दै छु कि नाई ? एउटा सानो अभ्यासले पनि परिवर्तन ल्याउन र आत्मविश्वास बढाउन सजिलो हुन्छ । पढाइ,कार्य,जीवनशैली,आदी कुरामा आत्मवलको नै भुमिका रहने गर्छ । 


सकारात्मक सोचबाट प्रयास गर्दै जादाँ आफ्नो जीवन पनि सफल बन्दै जान्छ । राम्रो सोचे राम्रो नराम्रो सोचे नराम्रो हुन्छ तसर्थःसकरात्मक सोचका साथ आत्मवल बढाआँ र खुसी हुन सिकौँ । 
  

 

सरोजकुमारी चौधरी

  • बिहिवार, पौष २३ २०७७०१:२०:४५
सम्बन्धित समाचार
विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ