कतैबाट फुत्त निस्कन्छ बाघ ।
कतैबाट पनि । कहीँबाट पनि ।
फुत्त निस्कन्छ बाघ
कुनै दन्त्येकथाबाट
कुनै जनश्रुतिबाट
कुनै उखान नभए बाग्धाराबाट
र डाँड़ाको टुप्पोबाट हेर्छ
तलको मैलो नगरलाई,
तलको बाक्के बसेको गाउँलाई,
माथिको धमिलो जूनलाई ।
त्यसपछि गर्जन्छ बाघ
मलिन स्वरले
मध्यम स्वरले
र उच्च स्वरले
तारसप्तक बन्दछ ।
सपनामा देखिइने नगर
कवितामा भनिइने गाउँ
भयले लगलगी काँप्दछन् ।
निभिसकेको बत्तीको अँध्यारोमा
गुम्लुङ्ग भय ओढेर
निदाएको नाटक खेल्छ घर ।
पाठ्यपुस्तकमा लेखिएको छ
रगतले तिर्खा मेट्छ बाघ ।
बाघको वृत्तचित्रमा
बाघले
काँचो मासु खाएको
दश मिनेटको दृश्य छ ।
बाघका तिखा नङ्ग्रा
र धारिला दाह्राको वर्णन छ
थुप्रै दन्त्यकथा र आख्यानहरूमा ।
आकाशलाई मनपर्दैन कि
बाघको वीरताको बखान ?
गड्याङगुडुङ गर्छ ।
चट्याङको ब्रह्मास्त्र हान्छ
बाघलाई ताकेर ।
त्यसपछि पानी पर्छ ।
मुसलधारे पानीमा बाघको
नङ्ग्रामा अल्झेको मासुको चोक्टा
मुखमा लागेको आलो रगत
सबै बग्छन् ।
तृप्त भएर बाघ
काल्पनिक जंगल पस्छ ।
‘बाघको प्रस्थानपछि
ढुक्क भएको घर
निदाउनु लागेको गाउँ
फेरि बत्ती बाल्नु आँटेको नगर
सबै सबै बगेर जान्छन्
कतै पनि, कहीँ पनि’
– काव्यमा यस्तै वर्णन छ ।
राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट