Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

बिग्रनु

बिग्रनु


बिग्रनु
  • ईश्वर कँडेल

तिमी सोध्छौ
बिग्रनु भनेको के हो ?
बिग्रनु भनेको–
सहि मार्गको खोजी हो
सिद्धार्थ असल हुँदासम्म
राजकुमार थिए
जब बिग्रिए– बुद्धत्वको खोजीमा निस्किए।

तिमीलाई बिग्रनुसँग पिरलो छ ।
किनकि,
तिमी आफू बाँचेको समाज असल देख्छ्यौ
समाजजस्तै हुनु,
समाजसँग आँखा नमिलाउनु,
उसैसँग एकोहोरो ताली पिट्नु,
असल हुनु हो तिम्रा लागि,
तिमी उल्टो पाठ घोकी रहेछौ।

मिल्टनको हिरो बिग्रियो
ईश्वरको आँखामा एडम बिग्रियो
उसैको आँखामा ईभ बौलाई
जो जो बिग्रिए
सबै स्वतन्त्र भए
जो अनुशासित भैरहे
अझै दास छन्–
विचारको दास,
शक्तिको दास,
ईश्वरको दास,
एकलकाटे नियमको दास।

जो विद्रोही बनेर
कम्फोर्ट जोन भन्दा बाहिर निस्किए
उनीहरूको पुनः न्वारन भयो
सुकरातले सरकारबाट नयाँ नाम पाए झैँ।

बिग्रनु खास अर्थमा सप्रनु हो
सोच्नु र प्रश्न गर्नु हो
आफैँलाई
आफ्नै छातालाई
जुत्तालाई
एकै क्षण किन नहोस्
त्यहि क्षणमा पूरा जीवन बाँच्नु
होसको नशामा
चरम होसमा रहनु
र पुनः फेरि
बेहोसीकै दुनियामा
फर्कनु
जसरी बुद्धत्व प्राप्तिपछि फर्के बुद्ध
सदियौँदेखिको असलहरूको समाजमा
र बिस्तारै
बिगार्न थाले
भत्काउन थाले
मानिसका सदियौ पुराना विश्वासका जगहरू
अनि हुन थाल्यो बिनिर्माण पछिको निर्माण
तिनै बिग्रिएका हात, मन र मस्तिष्कहरूद्वारा।

त्यसैले साथी,
बिग्रन एक शक्ति चाहिन्छ
जुन शक्ति तिमीभित्र
कुण्डलिनि बनेर निदाई रहेको छ।
बिग्रनु आफै भित्र प्रवेश गर्नु हो
जहाँबाट अन्तरिक्षको यात्रा सुरु हुन्छ।

हामी यसै यात्राका यात्री हौँ
त्यसैले पटक पटक बिग्रन मन लाग्छ।

कामना न्यूज

  • शनिवार, श्रावण २४ २०७७११:४६:५१
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट