Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

अनर्थ हुन सक्छ।

अनर्थ हुन सक्छ।


अनर्थ हुन सक्छ।

हे योद्धाहरू ऊठ्
समाउँ हातमा प्ले कार्ड
सजाउँ शिरमा राजनैतिक झण्डा
बोक हातमा लठ्ठी र डन्डा
अनि अगाडि बढ्
तिमी अगाडी बढेको,तिम्रो शासकले देखेन भने
भोलि तिम्रो भविष्य अन्धकार हुनसक्छ.!!!

तिमी अगाडि बढ
चुम तिम्रो शासकको पाउँ
सजाउँ उसको तस्बरि मुटुको कुनामा
अनि बर्साउँ गालीका फोकाहरू
 हे यौद्धा,
उठ्,जाँग समाउँ तिम्रो विपक्षको कठालो
हान एक थप्पड़ र भन्
 मेरो पार्टी ज़िन्दाबाद..!!!!!

तिमी समाउँ हातमा पार्टीको झण्डा
लुकाउँ तिम्रा हस्तीहरूको काण्ड
अनि उब्रिरहेको विकासको तहसनहस गर

 यो सम्झेर
तिमीलाई हेरेको कसैले छैन,
तिमीलाई देखेको कसैले छैन
तिमीलाई तिम्रो आत्म बाहेक अरू केहीले देख्छ भने
त्यो देशको माटो हुन सक्छ
त्यो देशको झण्डा हुन सक्छ
त्यो कहीँ कतै लुकेको स्वाभिमान हुन सक्छ..!!!

यदि देशको झण्डा मै हुँ भनेर फर्फराई रहेको छ भने
लगाउँ एकटकको निशाना
अनि झार चन्द्र र सूर्य
तिम्रो पार्टीको झण्डा भन्दा धेरै
देशको झण्डा फर्फरायो भने अनर्थ हुन सक्छ..!!!

यदि यो देशको माटो, मै हुँ भनेर सलबलाउँन थाल्यो भने
लगाउँ एकटकको निशाना 
अनि भत्काउँ सिमानाका पर्खालहरू र बुझाइदेउ छिमेकीलाई साँचो
अनि बेच मेची र महाकाली
तिम्रो पार्टीको अस्तित्व भन्दा माथि देश उठ्यो भने
तिम्रो जीवनमा अनर्थ हुन सक्छ..!!

ए सुकिला,मुकिला योद्धाहरू हो
आउँ बचाउँ तिम्रो पार्टीको अस्तित्व
तिम्रो पार्टीको झण्डा
तिम्रो पार्टीको नेता
तिम्रो नेता भन्दा माथि भोलि देश उठ्यो भने
तिम्रो नेतालाई अनर्थ हुन सक्छ..!!!

सुन जवान योद्धाहरू हो
बोक काँधमा तिम्रो राजनीतिको राजालाई
ठोक सलाम अनि ठोक्न लगाउँ चोक चोकमा भाषण
तिम्रो नेताको भाषण सुनेर यो देशको नागरिक हाँस्यो भने
लगाउँ एकटकको निशाना अनि बर्साउँ ढुड़्गाहरू
तिम्रो नेताको गलामा फुलको थुड़्गा छोडेर ढुड़्गा बर्सियो भने
तिम्रो पार्टीलाई अनर्थ हुन सक्छ..!!!

हे योद्धाहरू हो
तिमीहरू समाउँ हातमा लाठ्ठी,चक्कु र ढुड़्गाहरू
भत्काउँ चोक चोकका मुर्तीहरू
रोक बिरामी बोकेको ऐम्बुलेन्स र फोड् झ्यालका सिसाहरू
लुट चेलीको इज्जत
छ्याप एक सर्को एसिड मुहारमा
बनिदेऊ तिमी टोलको नायक
र गरिदेऊ बलात्कार
तिम्रो यो कर्तुत,तिम्रो नेताले देखेन भने,
तिम्रो नेताले स्वर्ग प्राप्ती गर्दैन..!!!!

हे योद्धाहरू हो
उठ् र हेर रमिता
लेख्न लगाउँ तिम्रो नेतालाई कविता
अब देश बन्छ,समृद्दी आउँछ
चोक चोकमा रेल स्टेशन आउँछ

आउँछ विकास सगरमाथाको शिर नाँघेर
बढ्छ अघि देश समानताको धिर चढेर
अब,कर्णाली ठप्प रोकिने छ
त्रिशुली बाग्मतीमा मिसिने छ

 भ्रष्टचारको गन्ध बाग्मती संगै मेटिने छ
 मेटिने छन दु:खीका वेदनाहरू
 पुरिने छन् गरिबीका रेखाहरू
  र भन्न लगाउँ तिम्रो नेतालाई....

 आउँ समाउँ यी नाडी मेरा 
 पार्टीको झण्डा दिन रात बोक
  समाउँ हातमा प्ले कार्ड
   र भन 
  मेरो पार्टी ज़िन्दाबाद 
  मेरो नेता ज़िन्दाबाद..।।

 

कामना न्यूज

  • बिहिवार, पौष १६ २०७७०१:३९:००
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो