Logo

शनिवार, माघ १० गते २०७७

images
images
images

राइड सेयरिङ, फुड र अनलाईन सपिङको एउटै समाधान “सुपर एप” 

राइड सेयरिङ, फुड र अनलाईन सपिङको एउटै समाधान “सुपर एप” 


राइड सेयरिङ, फुड र अनलाईन सपिङको एउटै समाधान “सुपर एप” 

काठमाडौं। सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ ।  विजनेश ग्रोथ कम्पनिले सञ्चालनमा ल्याएको  बहुउपयोगी सूपर एप  नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनिले जनाएको छ । हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि  समयपछि सबै सुविधा थपिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए  । पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि  सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।  कम्पनिले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ ।
 
रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो,  विश्वसनिय  सेवा पाउने छन् भने समयको बचत हुने कम्पनिका सिइओ विशाल जिसीले जनाए ।  एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनिमा दक्ष अनुभवि सात जना व्यवस्थापक र प्राविधिक कार्यरत रहेका छन् ।
सुपर एपको हाल प्रयोगकर्ता बढि रहेका छन् । राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय रहेको छ । हाल सुपर एपकोे ं प्रयोगकता १५,००० भन्दा बढि रहेको छ भने  ५,०००ं भन्दा बढि सवारी पार्टनरहरू रहेका छन् ।

सुपर एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथै
 ग्राहकले पनि  सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडर ले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नु पर्नेहुन्छ ।
 कम्पनीले शूल्क बजारमा रहेका अरु भन्दा सस्तो हुने जनाएको छ । त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन दिने जानकारी गराएको छ । 

 

 

 

 

 

भीमा पन्थी

भीमा पन्थीले कामना न्यूजमा रहेर आर्थिक गतिविधिमा कलम चलाउनु हुन्छ

  • बिहिवार, पौष १६ २०७७०९:०७:०२
सम्बन्धित समाचार
विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ