Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

बुबा पनि एक आमा

बुबा पनि एक आमा


बुबा पनि एक आमा


एकदिन एकजना आफन्तलाई भेट्न राजधानीको एक अस्पताल पुगेकी थिए । आफ्नतलाई भेटेर फकिर्दा त्यस अस्पतालको गेटमा केही मानिसहरु जम्मा भएका थिए । उनीहरु आवेगमा थिए ।  मैलै अलि नजिक गएर हेरे र एक जना मान्छेसंग सोधे उनीहरु किन यस्तो गरिरहेका छन् भनी ? उनको जवाफ थियो यस अस्पतालको लापर्वाहीले गर्दा सुत्केरीका ज्यान गयो । त्यहाँ पुलिसहरु पनि अनुसन्धानका लागी आए । म त्यहाँबाट हिडेँ ।  


यस घटनाले मेरो मनमा एक अनौठो किसिमको विचार आयो । त्यो विचार पु्रुषको परिवर्तित भूमिका प्रति । पुरुषले प्राकृतिक रुपमा आमा नबन्न सकेता पनि अरु रुपमा एक आमाको भूमिका पक्कै निर्वाह गर्न सक्छ । महिला र पुरुषमा प्रकृतिले नै फरक पारेता पनि भावना र स्वभाबमा भने बदलाउ लयान सकिन्छ । आमाको जस्तो माया र स्नेह प्रदान गर्न सक्छ् ।  


ममताको खानी आमा र पे्ररणाको खानी बाबुलाई भनिन्छ । सधैँ यो भनाई सबैमा लागु नहुन सक्छ । हाम्रो समाजमा प्रायःपुरुषले वाहिरको काम गर्छन् भने महिलाले घरव्यवहारको काममा बढी व्यस्त भएको देखिन्छ । यो रुपले चलेको समाज अहिले परिवर्तन हुदैँ गएको छ । महिलाको जीवनमा शिक्षाले ठूलो परिवर्तन ल्याएको छ । अहिले महिला पनि बाहिरिय कार्यहरुमा पुरुष जति नै काममा संलग्न तथा सहभागी हुने गर्छन् । बाबुआमाको समय वालवालिकाका लागी अत्यन्त महत्वपूर्ण हुन्छ । व्यस्त जीवनशैली र कामको चापले बच्चाको ख्याल राख्न समयको अभाब हुने गरेको देखिन्छ । विशेष गरी एकल परिवारमा जहाँ श्रीमान् श्रीमतिको जागिर हुन्छ, घरको काममा समय दिन गार्हो हुने गरेको हुन्छ ।


आमाले आफ्नो छोराछोरीहरुलाई सबैभन्दा राम्ररी बुझछिन् । तर पुरुषले पनि त्यति नै बुझन् सक्छन् । अहिलेको समाजमा पुरुषले पनि महिलाको भूमिका केही हदसम्म निर्वाह गर्ने गरेको पाईन्छ । आफ्नो छोराछोरीको तथा घरको भूमिकाप्रति उतिकै महत्व हुने गर्छ । तसर्थःबाबु पनि एक आमा हो । 

सरोजकुमारी चौधरी

  • सोमवार, पौष १३ २०७७१०:२३:०३
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो