Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

पतिको निधनपछि पुछिनन् रेनुकाले सिन्दुर

पतिको निधनपछि पुछिनन् रेनुकाले सिन्दुर

  • 1.7K
    SHARES

  • पतिको निधनपछि पुछिनन् रेनुकाले सिन्दुर

    हिन्दु संस्कारमा विद्यमान कतिपय परम्परा छन्, जसलाई त्याग्न वा छोड्न मानिसलाई निकै गाह्रो हुनेगर्छ।

    तर यही समाजमा त्यस्ता मानिस पनि छन् जस्को आँटले भएका वा मानिएका कतिपय संस्कारलाई चुनौति दिन थालेका छन् ।

    अहिले झापा विर्तामोड नगरपालिका ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दुर पोते लगाएरै गरेको किरियाको चर्चा भइरहेको छ ।

    सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ। पतिको निधनपछि उनले सिन्दुर–पोते फालिन्न् । चुरा फुटाउन लगाइनन् । उनले प्रचलित परम्परा भन्दा फरक अडान लिइन् ।

    नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई चुनौति दिँदै घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर किरिया बसेकी छन् ।
    उनका पति केशव नेपालको ६१ वर्षको उमेरमा निधन भयो।

    सवारी साधनको ठक्करबाट घाइते भएका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। मिर्गौलाका रोगीसमेत रहेका उनको बिर्तामोडको बिएण्डसी अस्पताल र विराटनगरको नोवेल अस्पतालमा उपचार गराइएको थियो। तर उपचारका क्रममै निधन भयो।

    पतिको निधनपछि पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन हिन्दु संस्कारमा छ।

    तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताइन् र पतिको निधनपछि पनि उनले त्यो सौभाग्य ‘जीवन्त’ राख्ने निर्णय गरिन् ।

    पतिले आफ्नो निधनपछि आफूले दिएको सौभाग्य नफुकाल्नु भनेकाले उक्त कदम चालेको रेनुकाले बताइन् । उनले सिन्दूर, पोते, चुरा पतिको उपहार रहेको र त्यसलाई आफूसँगै राख्ने अडान लिएकी हुन् ।

    • सोमवार, मंसिर २२ २०७७१०:२०:११
    सम्बन्धित समाचार
    विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा