Logo

आइतवार, माघ ११ गते २०७७

images
images
images

सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको : पर्यटनमन्‍त्री

सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको : पर्यटनमन्‍त्री

  • 160
    SHARES

  • सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको : पर्यटनमन्‍त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताएका छन् । 

    मावन सभ्यताको विकासको प्रतीकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र संवर्द्धनमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । नेपालमा रहेका मठ(मन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतिकहरु रहेको उल्लेख गर्दै उनले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । चर्तुव्यूह नारायण मन्दिर नारायणहिटीद्वारको उद्घाटन कार्यक्रममा उनले, नेपालमा जति पनि मन्दिर छन् । सांस्कृतिक, धार्मिक केन्द्रहरु, मठ मन्दिरहरु, गुम्बा, चैत्यहरु छन् ती सबै नेपालको मानव जातिका, मानव सभ्यताको विकासका प्रतीक हुन् । हामी लिच्छविकालमा कस्तो थियौँ । मल्लकालमा कस्तो थियौँ भन्ने कुरा यी मन्दिरहरु, ऐतिहासिक ठाउँहरुले देखाउँछन् । ऐतिहासिक ठाउँहरुको संरक्षण र संवर्द्धन गरी युगयुगसम्म पनि बनाउनुपर्ने दायित्व हामी सबैको हो । यस्तै प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी(भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताए । एउटै ‘प्याकेज’मा यी क्षेत्रहरुको विकास गर्न सके पर्यटकहरुलाई आकर्षित गर्न सकिने उनले बताए ।

    आज हरिबोधनी एकादशीका अवसरमा नारायणहिटीद्वारको उद्घाटन गरिएको हो । मन्त्री भट्टराईसँगै, सांसद थापा, भीमसेनदास प्रधान, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषराज दाहाललगायतको उपस्थिति थियो । 

    • बिहिवार, मंसिर ११ २०७७०७:२५:५२
    सम्बन्धित समाचार
    विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ