काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ।
सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।
मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र सुदुरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ। यस्तै, मंगलबार राति गण्डकी, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
विभागका अनुसार भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्युन चापीय प्रणाली विस्तारी पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ।
बुधबार दिउँसो गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २ र बागमतीमा १२ स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ। बुधबार राति भने गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुने संभावना छ।
बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ