Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

दानको मानवशास्त्र

दानको मानवशास्त्र


दानको मानवशास्त्र

‘दान’ शब्दको शाब्दिक अर्थ खोज्दै जाँदा ‘दान’ शब्दलाई पाली भाषाको भनिएको पाइयो । पाली भाषामा ‘दान’ शब्दको अर्थ ‘धर्म, उदारता, विसडम’ भनेको पाइयो ।

वुद्ध धर्ममा कुनै पनि हिसाबले फिर्ता नलिइकन अथवा फिर्ता नपाउने गरि दिएको कुरालाई ‘दान’ भनिन्छ भनेको रहेछ । बुद्ध धर्मले सार्थक जीवनका १० ओटा सूत्रहरु मध्ये दानलाई पनि एउटा मुख्य कर्मको रुपमा व्याख्या गरेको रहेछ । त्यस्तै, कुनै पनि आशले गरेको दानलाई विषत्त दान रूपमा व्याख्या गर्दै एउटा हातले दिएको दान अर्को हातले थाहा नपाउने गरि गोप्यदान दिनु पर्ने कुरा नयाँ करार बाइबलमा लेखेको रहेछ ।

मुन्धुमले विभिन्न संस्कार, चाडपर्वका अवसरमा देवीदेवतालाई चढाउने सामग्रीहरु र भेटघाट, चेली–माइती, सोल्टि–सोल्टिनी आदिले आदन–प्रदान गर्ने कोशेली आदिलाई व्याख्या गरेको पाइन्छ । प्रायः सबै धर्मशास्त्रहरुमा दानलाई उद्दार मनको प्रतीककै रूपमा व्याख्या गरेको पाइयो ।

मानवीय सम्बन्धहररूको समामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक आदि विभिन्न पक्षहरूको अध्ययन गर्न मानवशास्त्रीहरूले समाजमा प्रचलित दान परम्पराको गहिरो अध्ययन गर्ने गरेको देखिन्छ । कुनै पनि गिफ्ट निस्वार्थ नहुने, गिफ्ट लिनु पर्ने, गिफ्ट फिर्ता गर्नु पर्ने, गिफ्टले सामाजिक परस्परता, भाइचारा, निकटता, आत्मियता आदि बढाउने विश्वास गर्दछन् । जर्वजस्ती स्वार्थ लादिएको गिफ्टले सामाजिक असामान्जस्या ल्याउने पनि मानवशास्त्रीहरूको मत पाइन्छ । मानवशास्त्री मालिनोस्कीले ट्रोवियन आइजल्याण्डमा बसोबास गर्ने आदिवासीहरूमा प्रचलनमा रहेको ‘कुला रिङ’ सम्बन्धी अध्ययन र मार्सल मोसले हिन्दूस्थानमा प्रचलनमा रहेको दान परम्परामा गरेको ‘द गिफ्ट’ आदि सुप्रशिद्ध छन् ।

हिन्दु धर्मशास्त्र अनुसार दानलाई विद्यादान, भूदान, अन्नदान, कन्यदान र गोदान गरी ५ प्रकारले वर्गीकरण गरेको पाइन्छ । जैन धर्ममा भने शास्त्रदान, अभयदान, आहारदान, र औषधदान गरी ४ प्रकारले वर्गीकरण गरेको पाइन्छ ।

नेपाली समाजमा दानको इतिहास

जन्मिने वित्तिकै बच्चाको मुख हेराइ भेटीदेखि दुल्हालाई केटीसम्म दान गर्ने नेपाली समाजमा जन्मदेखि मृत्युपर्यन्त विभिन्न समाज, समूदाय र क्षेत्रीय रुपमा विभिन्न प्रकारका दान परम्पराहरु रहेको पाइन्छन् ।

उहिले भगवानको पालामा महावलीको दान प्रतापले देवताहरुको अस्थित्वमा हलचल पैदा भएको र देवाताहरुले विष्णु भगवानको शरण परी संकटबाट बचाउन प्रर्थना गर्छन् । विष्णु भगवान वामन अवातार लिइ दानविर महावलीलाई तीन पाइला जमिन दान माग्छन् । दानविर महावलीले खुशी साथ दिने बाचा गर्दछन् । विष्णुले पहिलो पाइला आकाशमा राख्छन्, आकाशै ढाकिन्छ । दोस्रो पाइला जमिनमा राख्छन्, पुरै जामिन ढाकिन्छ र तेस्रो पाइला कहाँ राख्ने भनि शोध्छन् । महावलीले आफ्नो टाउको थाप्छन्, र विष्णुको पाइलाले महावलीलाई जमिन मुनि पु¥याई देवगणको रक्षा गरेको लोककथा सुन्न पाइन्छ । नेपाली समाजमा महावलीलाई दानका प्रतिकको रुपमा चिन्ने गरिन्छ ।

उहिले नेपालका राजाहरुले कलाकार, कला, जनवारहरु, जनवारहरुका छाला, सिंग, दाह्रा, खाग आदि विदेशका राष्ट्रप्रमुखहरुलाई उपहार दिने गरेको पनि इतिहासमा पाइन्छन् ।

वि।सं। २०२१ को भूमिसुधार भन्दा अगाडि नेपाली समाजमा विर्ता, जागिर, बक्सिस आदि शासकहरुले आफ्रना नजिकाका आसेपासे, ढोके, चच्चे, हुक्के, नोकर चाकर र मनले खाएका मानिसहरुलाई दान स्वरुप जग्गा जमिनहरु दिने गरेको इतिहासमा पाइन्छन् ।

गाउँघरमा भने गाउँका मुखियाहरुले कर्मकाण्ड र दैनिक जीवनमा आवश्यक पर्ने पेशाकर्मी जातहरु (बाहुन, कामी, दमाइ, सार्की आदि) लाई जग्गा जमिन दिएर गाउँमा राख्ने गरेको इतिहास पाइन्छन् ।

लेनदेनको हर हिसाब विना दिइने कुनै पनि किसिमको सरसहयोगलाई दान मान्नु पर्दछ भन्ने मानवशास्त्रीहरुको मत अनुसार हेर्दा नेपाली समाजमा ‘मितले हलो सितैमा दिए, मैले माना ध्यू सित्तैमा दिएँ’ भन्ने लोकोक्ति पनि सान्दर्भिक पाइन्छ । बच्चाको मुख हेराइमा दिइने भेटी, चेलिबेटीलाई दिइने दक्षिणा, वर्तवन्धमा गरिने चुडादान, अन्न दान, कन्यादान, गोडधुवा, दाइजो, जोगी÷माग्ने÷भिक्षुलाई दिइने दक्षिणारभिक्षारदान, चार्डबाडमा दिइने दक्षिणा, देउसे–भैलेनीलाई दिइने दान, देउदेतालाई चडाउने दानरदक्षिण, भेटघाटमा आदन–प्रदान गरिने कोसेलीरसगुन, जन्मोत्सव, विहे वार्षिकी, नयावर्ष, क्रिसमस जस्ता चार्डपर्वहरुमा आदन–प्रदान गरिने उपहारहरु, मोक्ष प्राप्तिका लागि गरिने दान, रक्त्तदान, वीर्यदान, पुत्रदान, अंगदानदेखि पिण्डदान, मृतात्माको शान्तिका लागि गरिने दानरदक्षिणा, दुखि, गरिव, अशक्त मानिसलाई दिइने दान, सामाजिक कामका लागि जुटाइने चन्दा आदि प्रचलनमा पाइन्छन् ।

धार्मिक आस्थाका लागि दान

पुण्य कमाउन, धर्म कर्म, मोक्ष प्राप्तिको लागि दान दिने चलन छ । धर्म कर्म कमाउन गाउँसमाजमा कुवा, चौतारो, फलैचा, बाटोघाटो, विद्यालय, समाजिक भवन आदि बनाउने, मृतकका नाममा भोज खुवाउने गरेको पाइन्छ । आदिकवि भानुभक्तको प्रसिद्ध श्लोक नै छः

भर जन्म घाँसतिर मन दिइ धन कमायो
नाम पछि केहि रहोस भनी कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त भई आज किन यस्तो।

मोक्ष प्राप्तिका लागि धार्मिक स्थालहरुमा धातुदान गर्ने, मुर्तीदान गर्ने, जग्गा जमिन दान दिने, मन्दिर, बाटो बनाउने गरेको पाइन्छ । विभिन्न शक्ति पिठहरुमा विभिन्न पशुपंक्षीहरुको बली चडाउने पनि गरिन्छ । बाराको गढीमाई मन्दिरका पुजारीका अनुसार अझै पनि देवीलाई नरवली दिनु पर्ने र औलाबाट रगत निकालेर देवीलाई नरवली स्वरुप चढाउने गरेको बताएका थिए ।

नेपाली समाजमा ग्रह दसा कटाउन पनि दान दिने प्रचलन छ । ग्रह दसा अनुसार कपडा, धातु, पशुपंक्षीहरुको बली, अन्नादि ब्राम्ह्माण, जोगी, साना जातका मानिसहरु, भान्जाभान्जीहरु, कन्नेकेटीहरुलाई दान दिने चलन पाइन्छ ।

हिन्दू परम्परानुसार कन्यादानको महत्व विशेष छ । कन्नेकेटीको पहिलो महिनावरी हुनुभन्दा पहिले कन्यदान दिए ठूलो धर्म मिल्ने विश्वास पाइन्छ । सन्तान नहुनेलाई पुत्रदान दिने प्रचलन पनि पाइन्छ । मृतात्मा शान्तीका लागि गरिने पिण्डदानको पनि विशेष सामाजिक महत्व पाइन्छ ।

पशुपंक्षीलाई अन्न भोजन गराइ गरिने दानदेखि कतिपय समूदायहरुमा मान्छेको मृत शरीर गीद्दलाई खुवाइ मृतात्माको मोक्षको कामना गर्नेसम्मका परम्पराहरु नेपाली समाजमा पाइन्छन् ।

ग्लोरिया रहेजाले ‘पोइजन इन द गिफ्ट’मा भन्छन्ः गिप्टमा दिने मान्छेको रोग, व्याधी, दोषादि मिसिने भएकोले दान÷दक्षिणा विषयुक्त हुन्छ । यस्तो विषयुक्त दान पचाउन बाहुनले मन्त्रादि पाठ गरि शुद्दि गर्नु पर्दछ । मार्सल मौसले ‘द गिफ्ट’मा न्यूजिल्याण्डका माओरी आदिवासी समूदायमा गिफ्टमा दिने मान्छेको ह्याउ ‘आत्मा’ बसेको हुने र गिफ्ट नफर्काए त्यो आत्माले कुने अनिष्ट गर्ने, दुःख दिने विश्वास रहेको प्रसंग पनि उल्लेख गरेका छन् ।


राजनीतिमा दान

नेपाली राजनीतिमा पहिले शासकहरुले आफ्नो शासन सत्ता टिकाइ राख्न आफ्ना आसेपासे, हुक्के, चम्चे, ढोके, नोकरचार र मनले खाएको मान्छेलाई जागिर, विर्ता, बक्सिसका रुपमा जग्गा जमिनहरु, धनसम्पत्ति दिने गरेको इतिहास पाइन्छ । हिजोआज नेपाली जनताले आफ्नो मतदान दिएर जनप्रतिनीधि छान्ने गरेका छन् ।

प्रतिनीधिहरुले आफ्नो पकड दरिलो बनाउनका लागि विविध शीर्षकमा अनुदान रकम उपलब्ध गराउने गरेको पाइन्छ । यस्ता अनुदानहरुमा नियतमा खोट हुने गरेकोले आफ्ना नजिकका मान्छेहरुलाई दिने गर्दछन् । कहिलेकाँही जनप्रतिनीधि तथा राजनैतिक नेताहरुको अनुदानको गलत परिचालनको फेहरिस्ता खुल्ने गरेकोले भ्रष्ट्राचारमा तानिने र जमानत गुमाउने गरेको पनि ज्वालन्त उद्दाहरणहरु पाइन्छ ।

दानको कुटनीतिक पाटो

दान, अनुदान र सहयोगले दुश्मन र रुष्ट मानिसलाई पनि आफ्नो बनाउन सकिने, भाइचाराको विकास गर्ने सकिने जनविश्वास रहिआएकोछ । इतिहासमा नेपालका राजाहरुले आफ्नो वैदेसिक नीति चुस्त र दुरुस्त राख्न विविन्न देशका राष्ट्र प्रमुखहरुलाई विभिन्न कला, कलाकार, पशुपंक्षी आदि उपहार स्वारुप दिने गरेको इतिहास पाइन्छ । नेपालका राजाले तिब्वतका राजालाई उपहार स्वरुप कलाकार अरनिको उपहार स्वरुप दिएको इतिहास पाइनछ । अहिले पनि देशको तर्फबाट विभिन्न देशहरु लाई विभिन्न अवसरहरुमा उपहार दिने चलन छ ।

अर्थिक पाटोमा दान

आर्थिक बर्ष २०७७र७८को बजेटमा ६० अर्ब ५२ करोड विदेशी अनुदानको आश गरिको देखिन्छ । यसरी देशको अर्थतन्त्रको ठूलो हिस्सा वैदेसिक अनुदानमा भर पर्ने क्रम खास गरि २०४६ साल पछिको बजेटहरुमा देख्न सकिन्छ ।

अहिले अमेरिकी अनुदान एमसिसि प्रोजेक्टको बहस सदन, सडक, सञ्चार र सामजिक सञ्जालहरुमा तातो बहसको विषय बनेको छ । यस्ता बहसले अनुदानहरु कति विषत्त र शुद्द हुन्छ भन्ने ‘पोइजन इन द गिफ्ट’ र ‘दान, धर्म, गोप्य दान’ निश्वार्थ दानको बहस पनि शसक्त बनाएको छ ।

स्वास्थ्यमा दान

‘रक्त दान जीवन दान’ प्रायः हामीले सुनिरहेको नारा हो । शास्त्रहरुमा पनि औषधिदानको विषेश महत्वमा राखी वर्णन गरेको पाइन्छ । नेपाली समाजमा पहिलेपहिले सन्तान नहुने दम्पत्तीलाई धेरै सन्तान हुनेले पुत्रदान तथा कोखदान गर्ने गरेको इतिहास पाइन्छ । स्वाथ्य संस्थाकालागि, भौतिकदान, स्वयंसेवादेखि समयकाल र प्रविधीको विकाससँगै हिजोआज विर्यदान, आँखा, मुटु आदि शरीरका अंगहरुदेखि मृत शरीरसम्म दान दिने प्रचलन बढ्दो क्रममा पाइन्छ ।

शिक्षामा दान

शास्त्रहरुमा शिक्षा दानलाई महत्वपूर्ण दानको रुपमा व्याख्या गरेको पाइन्छ । विद्यालय भवन निर्माण गर्ने, विद्यालयलाई जग्गा दिने, विद्यालयलाई भौतिक सहयोग गर्नेदेखि स्वयमंसेवामा पढाउने जस्ता उद्दाहरणहरु समाजमा बाक्लै पाइन्छन् ।

नेपाली समाजमा दानको बद्लिदो स्वरुप

आधुनिक नेपाली इतिहासको लामो कालखाण्ड हिन्दू विश्वास परम्परा हावी भएकोले हिन्दू मुल्यमान्यताहरु अनुसारका दानहरु इतिहास देखि हालसम्म पनि समाजमा प्रचलित छन् । नीति नियमदेखि सामाजिक परमपरासम्म हिन्दू मुल्यमान्यताहरु हावी हुने गरे पनि समय परिस्थितिसगै यो गतिशील रहिआएको पनि जग जाहेरै छ ।

शिक्षा, सञ्चार र प्रविधिको पहुँचसँगै नेपाली समाजमा बद्लिदै गएको दान, उपहार, कोशेली परम्पराको छोटोमा उल्लेख गर्दाः राखी, क्रिसमस, न्यू इयर, बर्थडे, म्यारिज एनिभर्सरी, ब्याचलरर्स पार्टी, वेलकम, फेयरवेल पार्टी, आदि चार्ड पर्वहरु पहिले समूदाय विशेषमा प्रचलन रहेका तथा कतिपय प्रचलन नै नभएका चार्डपर्वहरुका अवसरमा पार्टी गर्ने र गिफ्ट आदन–प्रदान गर्नेपम्पराको विकास हुदै गएको देखिन्छ ।

एउटा कुखुरी, एउटाका बीउ बोको, एउटा बाख्री, एउटा सुँगुरको बीर, एउटा बीउ राँगो, एउटा गाई, केहि थान माछाका भूराहरु, २÷४ गेडा सागसब्जीका बीउ, केही थान किताब कापी, केहि थान भौतिक सामाग्रि, धारा, शौचालय, चूल्हो आदि बाँढ्ने स्वदेशी तथा विदेशी दाता संघसंस्थाहरु पनि झरी पछिको च्याउ झै उम्रेका देखिन्छन् ।

अर्कोतिर नागरिक स्तरमा विविध दान, सहयोग र स्वयंसेवामुलक कार्यहरुमा व्यत्तिगत परोपकारी फाउडेसनहरु खोल्ने, सामाजिक अभियन्ता भई समाजमा सेवा गर्ने चलन पनि बढेको देखिन्छ ।

कुनै नारा, विपद, असक्तता, गरिवी, विरामी आदिको कथा, नाम, फोटो, भिडियो बेचेर संघसंस्थाहरु तथा व्यक्तिगत परोपकरी फाउण्डेसनहरुले ठूलो रमकको रिपोर्ट सार्वजनिक गर्ने, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा दान, महादानको ढोल पिट्र्ने गरे पनि पाइन्छ । तर कतिपय अवस्थामा भने लक्षित वर्गसम्म सहयोग नपुगि कागजमै सिमति रहने गरेको र पुगेका सरसहयोगहरु पनि ‘हगाइभन्दा पदाइ ठूलो” हुने जस्ता विकृतिको पनि विकास हुदै गएको देखिन्छन् ।


अन्त्यमा,
उहिलेदेखि शास्त्र र मिथकहरुबाटै दान, दक्षिणाको महिमा नेपाली समाजमा जन्मदेखि मृत्युपर्यन्त रहिआएको देखिन्छ । समग्र नेपाली समाजको दान परम्परा हेर्दाः पहिलो, मान्छेले भगवानका लागि गर्ने दान, मान्छेले मान्छेलाई नै गर्ने दान र मान्छेले पशुपंक्षीलाई गर्ने दान गरि तीन किसिमको दान परम्परा देखिन्छन् ।

सान्यतयः नेपाली समाजमा निस्वार्थ रुपमा दान धर्मका लागि दिइने दान बुझिए पनि दान, दक्षिणा, उपहारहरुसँग निहित स्वार्थहरुको अर्थिक, राजनीति, कुटनीति, सामाजिक, भौतिक आदि विविध पक्षकहरुका वृहत्तम मानवशास्त्रीय अध्ययन अनुसन्धानहरु हुनु जरुरी छ ।

कामना न्यूज

  • शनिवार, श्रावण २४ २०७७०९:१३:०९
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा