Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

रुकुम घटना– बेपत्ता छैटौँ गोविन्द शाहीको पनि शव भेटियो

रुकुम घटना– बेपत्ता छैटौँ गोविन्द शाहीको पनि शव भेटियो


रुकुम घटना– बेपत्ता छैटौँ गोविन्द शाहीको पनि शव भेटियो

रुकुमपश्चिम । जिल्लाको चौरजहारीमा भएको घटनामा बेपत्ता भएका ६ जना सबैको शव फेला परेको छ ।

जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन आएको बेला भएको घटनामा ६ जना बेपत्ता भएका थिए ।

यसअघि ५ जनाको शव फेला परेको थियो । शनिबार छैटौँ जनाको पनि शव फेला फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिए ।

बेपत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको शव सुर्खेतको मेलकुनामा फेला परेको उनले बताए । शव फेला परेसँगै अब परीक्षण गरेर आफन्तलाई बुझाइने डिएसपी केसीको भनाइ छ।

यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको शव फेला परेको थियो । गोविन्दबाहेक अरु सबैको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइएको छ ।

उता घटनामा संलग्न रहेको आरोपमा हालसम्म १८ जना पक्राउ परेका छन् भने किटानी जाहेरीको आधारमा अर्का २ जनाको खोजीकार्य भइरहेको छ ।

कामना न्यूज

  • शनिवार, जेठ १७ २०७७०४:४३:१०
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा