Logo
सोमवार, जेठ १२ गते २०७७

जेठ ४ मा संक्रमित बाराका पत्रकारकी श्रीमतीलाई आज देखियो कोरोना संक्रमण

जेठ ४ मा संक्रमित बाराका पत्रकारकी श्रीमतीलाई आज देखियो कोरोना संक्रमण

कामना न्यूज

जेठ १०, २०७७ शनिवार - ११:११:५२ बजे
जेठ ४ मा संक्रमित बाराका पत्रकारकी श्रीमतीलाई आज देखियो कोरोना संक्रमण

कलैया । जेठ ४ मा बारामा एकजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो । बारामा आज जेठ १० गते शनिबार बिहान थपिएका एक जना कोरोना संक्रमित महिला उनै पत्रकारको श्रीमती रहेको पाइएको छ ।

संक्रमण पुष्टि भएपछि करियामाई निवासी ३७ वर्षीया महिलालाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार उनका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

श्रीमानमा संक्रमण पुष्टि भएपछि उनको श्रीमतीसहित चार जनाको पनि परीक्षण गरिएको थियो ।

शुक्रबार राति पनि बारामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology