काठमाडौँ । शनिवार काठमाडौँमा थपिएका संक्रमित महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत विरामी भएको खुलेको छ ।
उनमा संक्रमण पुष्टि भएलगत्तै हिजै शिक्षण अस्पतालको कोरोना आइसोलेसन कक्षमा सारिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
मकवानपुर घर भएका ३५ वर्षीय पुरुषमा मुटुको समस्या थियो । त्यसैको उपचारका लागि उनी भर्ना भएका थिए ।
‘हिजो नै परीक्षणमा पोजेटिभ देखिएको हो । त्यसपछि उहाँलाई टिचिङको आइसोलेसन वार्डमा सारिएको छ,’ सेन्टरका एक चिकित्सकले भने ।
आज बिहान स्वास्थ्य मन्त्रालयले थप ३२ जना नयाँ संक्रमित फेला परेको सार्वजनिक गरेको थियो । त्यसमध्ये एक जना काठमाडौँमा देखिएको उल्लेख छ ।
बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ