Logo
सोमवार, जेठ १२ गते २०७७

चितवनमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि

चितवनमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि

कामना न्यूज

जेठ १०, २०७७ शनिवार - १०:२६:०९ बजे
चितवनमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि

काठमाडौँ । चितवनमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका ६ केशरबागमा रहेका तीन जनामा कोरोना संक्रमण भएको भरतपुर अस्पताल विकाश समितिका अध्यक्ष भोजराज अधिकारीले बताए।

ती संक्रमित पुरुष हिजो ९शुक्रबार० पुष्टि भएका ७४ वर्षीय र ७३ वर्षीया महिलाका जेठो छोरा रहेको बताइएको छ । तीनै जना जेठ ३ गते भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलबाट फर्किएका थिए । पहिलोपटक परीक्षण गर्दा श्रीमान् र श्रीमतीमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसक्रममा छोरामा संक्रमण देखिएको थिएन ।

५२ वर्षीय छोरा आमा बाबुको रेखदेख गर्दै आएका थिए । उनि आफ्ना बाबु आमाको उपचार पछि भारतको दिल्लीबाट आमाबुबासँगै आएका थिए । उनका बाबुआमामा कोरोना संक्रमण पुष्टि भएसँगै घरवरपरको क्षेत्रलाई सिल गरिएको थियो । अहिले तीनै जनाको भरतपुर कोरोना अस्थायी अस्पतालमा उपचार भईरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यस अघि चितवन राप्तीका आमा छोरामा कोरोना संक्रण भई निको भएर घर फर्केका छन् । चितवनमा हाल सम्म ५ जनामा संक्रमण पुष्टि भईसकेको छ । शुक्रबार संक्रमण पुष्टि भएसंगै केशरबाग क्षेत्रमा प्रशासनले सील गरेको छ । त्यहाँ शुक्रबारदेखि नै हिडडुलमा रोक लगाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology