Logo
सोमवार, जेठ १२ गते २०७७

संविधान संशोधनका लागि सरकारलाई कांग्रेसको साथ, मधेसवादी दल कतातिर ?

संविधान संशोधनका लागि सरकारलाई कांग्रेसको साथ, मधेसवादी दल कतातिर ?

कामना न्यूज

जेठ १०, २०७७ शनिवार - ०९:५५:१५ बजे
संविधान संशोधनका लागि सरकारलाई कांग्रेसको साथ, मधेसवादी दल कतातिर ?

काठमाडौँ । मन्त्रिपरिषद्ले पारित गरेको नेपालको नयाँ नक्सालाई देशको मूल कानुनमा उल्लेख गरी वैधानिकता दिन संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरिएको छ ।

संविधानको धारा २७४ को उपधारा ८ अनुसार संविधान संशोधनका लागि प्रतिनिधिसभाका सम्पूर्ण सदस्यमध्येको दुईतिहाइ मत आवश्यक पर्छ । जसका लागि विपक्षी दलहरूको सहयोग अपरिहार्य छ ।

नेपाली कांग्रेस वा समाजवादी दलले साथ दिँदा सहजै त्यो संख्या पुग्छ । तर, समाजवादी दल साथ दिनेभन्दा आफ्नो सर्त अगाडि सार्ने तयारीमा छ ।

सरकारी प्रयासलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसले साथ दिने भएको छ । तर, मधेसवादी दलहरूले भने यही मौकामा संविधान संशोधनका लागि सर्त राख्ने रणनीति बनाएका छन् ।

विगतदेखि नै मधेसका मुद्दा समेट्न संविधान संशोधनको माग गर्दै आएको संसदको तेस्रो शक्ति जनता समाजवादी पार्टी भने यही मौकामा आफ्नो मुद्दा पनि सम्बोधन गराउने दाउमा लागेको छ।

भाषा, नागरिकता, प्रदेशको सिमांकनका मुद्दा सम्बोधन गरिनुपर्ने सो पार्टीको तर्क छ ।

त्यसैले संविधान संशोधनका क्रममा दलहरूको स्वार्थको टकराव संसदमा देखिने सम्भावना देखिएको छ ।

संविधानका ज्ञाताहरूले नयाँ नक्सा जारी गर्दा संविधान संशोधन आवश्यक नै नपर्ने बताइरहेको बेला सरकारले भने संशोधन प्रक्रिया अगाडि बढाएको हो ।

सत्तारूढ दल नेकपाकै संसदीय दलका नेता सुवास नेम्वाङले समेत संविधान संशोधन आवश्यक नहुने बताएका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology