Logo
सोमवार, जेठ १२ गते २०७७

थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

कामना न्यूज

जेठ १०, २०७७ शनिवार - ०८:५४:५९ बजे
थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाडौँ। पछिल्लो अद्यावधि अनुसार थप ४८ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिका का १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका गरी ७ जना पुरुष तथा २७ वर्षकी महिला रहेका छन्। त्यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष गरी १३ जना, बारा करैयामाई गाउँपालिकाका ३७ वर्षीय महिला तथा काठमाडौँ १ जना पुरुष रहेका छन्।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमन रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका २०, २० २४, २४, २७, ३०, ३० र ५५ वर्षका ८ जना पुरुष र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवन भरतपुरका १ जना ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनीहरूको स्वास्थ्यअवस्था सामान्य रहेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology