Logo
सोमवार, जेठ १२ गते २०७७

‘ओली गुटभित्र विवेक भएका मान्छे छैनन् ?’– बाबुराम भट्टराई

‘ओली गुटभित्र विवेक भएका मान्छे छैनन् ?’– बाबुराम भट्टराई

कामना न्यूज

जेठ १०, २०७७ शनिवार - ०८:४८:३७ बजे
‘ओली गुटभित्र विवेक भएका मान्छे छैनन् ?’– बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले विदेश तथा सीमामा अलपत्र परेका नागरिकहरू प्रति सरकारक‍ो जिम्मेवारी स्मरण गराउँदै उनले ‘नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् ?’ भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले विदेशमा काम गर्ने लाखौँ श्रमिक घर फर्किरहेको अवस्थामा तिनको परीक्षण तथा व्यवस्थापन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

डा. भट्टराईले मान्छे नरहे पहाडले मात्रै राष्ट्र नबन्ने भन्दै सरकारले प्रतिपक्षीको खेदो खनिरहेका ‘अरिंगाल सेना’लाई कोरोनाविरुद्धको लडाइँमा लगाउन समेत सुझाव दिएका छन् । ‘विदेशमा काम गर्ने लाखौँ श्रमिक स्वदेश फर्किरहेछन्ः तिनको परीक्षणरव्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘अरिंगाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाइँमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ?’

सामाजिक सञ्जालमा उनले मूलतः भारतबाट फर्किएका नागरिकहरू विभिन्न ठाउँहरूमा अलपत्र परेका फोटोहरू समेत राखेका छन् ।

ट्टधषत.jpg

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology