Logo
सोमवार, जेठ १२ गते २०७७

भारतमा कोरोना प्रकोप गम्भीर बन्दै, संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो

भारतमा कोरोना प्रकोप गम्भीर बन्दै, संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो

कामना न्यूज

जेठ १०, २०७७ शनिवार - ०८:३७:३८ बजे
भारतमा कोरोना प्रकोप गम्भीर बन्दै, संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो

काठमाडौँ। भारतमा दिनानुदिन कोरोना प्रकोप गम्भीर बन्दै गएको छ । नयाँ संक्रमितको संख्या दिनप्रतिदिन ठूलो मात्रामा थपिँदै गएको छ भने मृतकको संख्या पनि बढ्दो रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार एकैदिन भारतमा ६ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार महाराष्ट्रमा मात्रै ३ हजार संक्रमित फेला परेका छन् ।

राजधानी दिल्लीमा पनि पहिलोपटक ६ सय भन्दा बढी संक्रमित फेला परेका छन्। यसअघि दिल्लीमा बिहीबार ५७१ जना संक्रमित फेला परेका थिए ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहानसम्ममा १ लाख १८ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ हजार ५ सय ८३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

स्‍वास्‍थ्‍य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ सय ४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा सबैभन्दा नराम्रो हालत महाराष्ट्रले भोगिरहेको देखिन्छ। महाराष्ट्रमा २४ घण्टामा २ हजार ९ सय ४० संक्रमित फेला परेका छन् । जसमध्ये १ हजार ७ सय ५१ मुम्बईका मात्रै रहेका छन् । राज्यमा हालसम्म ४४ हजार ५ सय ८२ जना संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या १ हजार ५ सय १७ पुगेको छ ।

राजधानी दिल्लीमा पनि कोरोना संक्रमण बढ्दो छ । दिल्लीमा अहिलेसम्म १२ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यस्तै गुजरात र तमिलनाडुमा पनि ठूलो संख्यामा संक्रमित भेटिएका छन्। गुजरातमा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजारभन्दा बढी पुगेको छ । त्यस्तै तमिलनाडुमा संक्रमितको संख्या १५ हजार पुगेको छ। कर्नाटकमा १ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै उत्तर प्रदेशमा हालसम्म ५ हजार ७ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। राजस्थानमा ६ हजार ४ सय ९४ जनामा कोरोना देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उता मध्य प्रदेशमा ६ हजार १ सय १९ जनामा कोरोना पुष्टि भएको छ भने बंगालमा ३ हजार १ सय ९७, आंध्र प्रदेशमा २ हजार ६ सय ६७, पंजाबमा २ हजार १ सय ९, तेलंगानामा १ हजार ६ सय ९९, बिहारमा २ हजार ५४, जम्मू(कश्मीरमा १ हजार ४ सय ८९ तथा ओडिशामा १ हजार १ सय ८९ मा कोरोना पुष्टि भएको छ ।

त्यस्तै भारतभरि अहिलेसम्म ४८ हजार ५ सय ३३ जना संक्रमित निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology