Logo
बिहिवार, जेठ १५ गते २०७७

थप ६ जनामा कोरोना संक्रमण पुष्टिः संक्रमितको संख्या ५१३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण पुष्टिः संक्रमितको संख्या ५१३ पुग्यो

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - २०:१६:४२ बजे
थप ६ जनामा कोरोना संक्रमण पुष्टिः संक्रमितको संख्या ५१३ पुग्यो

काठमाडौँ। पछिल्लो अपडेट अनुसार बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसिरहेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

संक्रमित हुनेहरूमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५ वर्ष र वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका व्यक्तिहरू रहेको बताइएको छ ।

उनीहरूलाई कलैया अस्पताल ल्याउने तयारी गरिएको प्रजिअ पण्डितले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१३ पुगेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology