Logo
सोमवार, जेठ १२ गते २०७७

नयाँ नक्सासहितको निशान छापका लागि संविधान संशोधन विधेयक दर्ता

नयाँ नक्सासहितको निशान छापका लागि संविधान संशोधन विधेयक दर्ता

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - १९:२९:११ बजे
नयाँ नक्सासहितको निशान छापका लागि संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । सरकारले नेपालको नयाँ नक्सा जारी भएको सन्दर्भमा संविधान संशोधनका लागि संघीय संसद्‍मा विधेयक दर्ता गरेको छ ।

नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन विधेयक संघीय संसद्‍ सचिवालयमा दर्ता गरिएको हो ।

निशान छापमा नेपालको नक्सा अंकित छ । त्यसमा रहेको पुरानो नक्सा हटाएर नयाँ नक्सा अंकित गर्नका लागि संवधिान संशोधन गर्ने निर्णय शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

सोही निर्णयबमोजिम शुक्रवार दिउँसो ३ बजे विधेयक संसद् सचिवालयमा दर्ता भएको हो ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology