Logo
सोमवार, जेठ १२ गते २०७७

काेराेना कहर

कोरोनाबाट ३ लाख ३४ हजारको मृत्यु, संक्रमितको संख्या ५१ लाख नाघ्यो

कोरोनाबाट ३ लाख ३४ हजारको मृत्यु, संक्रमितको संख्या ५१ लाख नाघ्यो

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - ११:०१:०३ बजे
कोरोनाबाट ३ लाख ३४ हजारको मृत्यु, संक्रमितको संख्या ५१ लाख नाघ्यो

काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा धेरैको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१ लाख नाघेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहानसम्म विश्वभर २४ घण्टाको अवधिमा एक लाख ६ हजार जना नयाँ संक्रमित भेटिएका छन् भने विगत २४ घण्टामा विश्वभर ४ हजार ८८० जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ६ सय ३५ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ७६ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम रहेको बताइएको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या ९६ हजार ३ सय नाघ्याे

कोरोनाबाट सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार ४ सय ५ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु हुने व्यक्तिको कुल संख्या ९६ हजार ३ सय ४१ पुगेको छ ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकहरूमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ४२ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै इटलीमा ३२ हजार ४ सय ८६, फ्रान्समा २८ हजार २ सय १५, स्पेनमा २७ हजार ९ सय ४०, ब्राजिलमा २० हजार ४७ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ ।

कुन महादेशमा कति ? (तथ्यांकसहित)

शुक्रबार यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८०५ जनाको मृत्यु भएको छ । १८ लाख ४८ हजार ३२२ जना संक्रमित भएकोमा ८ लाख २६ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९ हजार ७०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ९३ हजार ९३४ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २६ हजार २३८ जनाको मृत्यु भएको छ । ८ लाख ८७ हजार २१८ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २८ हजार ४३ जनाको मृत्यु भएको छ । ५ लाख ४७ हजार ७९० जना संक्रमित भएका छन् ।अफ्रिकी मुलुकहरुमा ३ हजार ११५ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ६८३ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८८ जना संक्रमित भएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology