Logo
बिहिवार, जेठ १५ गते २०७७

विदेशबाट छिट्टै उद्दार गर्छौँः मन्त्री ज्ञवाली

विदेशबाट छिट्टै उद्दार गर्छौँः मन्त्री ज्ञवाली

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - १०:२७:४४ बजे
विदेशबाट छिट्टै उद्दार गर्छौँः मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेशमा विभिन्न कारणवश रहेका नेपालीमध्ये आपतमा परेकाहरूलाई छिट्टै फिर्ता ल्याइने तयारी सरकारले गरेको बताएका छन् ।

अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तर्कियाका क्रममा बिहीबार उनले सो कुरा बताए हुन् ।

दुई पक्षीय सहमतिमा श्रम गर्न गएका, उच्च शिक्षा अध्ययन गर्न गएका, विदेशमा काम वा घुम्न छोटो भिसामा रहेका र गैरआवासीय नेपालीमध्ये आपतमा परेकालाई फिर्ता ल्याउने तयारीमा सरकार लागेको उनले बताए। उहाँले नेपालमा त्यसका लागि क्वारेन्टाइन लगायत व्यवस्थाको तयारी भइरहेको समेत मन्त्री ज्ञवालीले बताए ।

सरकारसँग विभिन्न १०९ देशमा ३४ लाख ५९ हजार नेपाली रहेको आधिकारिक तथ्यांक छ । अनधिकृत बसेका कारण यो संख्या बढी पनि हुनसक्ने सम्भावना छ ।

अमेरिका तथा युरोपमा रहेका नेपालीलाई अन्तर्राष्ट्रिय उडान खुलेपछि फर्काउन पहल गर्ने मन्त्री ज्ञवालीले बताए ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology