Logo
बिहिवार, जेठ १५ गते २०७७

साउदी अरबमा मात्रै १ हजार ३ सयभन्दा बढी नेपालीलाई कोरोना संक्रमणः ७ जनाको मृत्यु

साउदी अरबमा मात्रै १ हजार ३ सयभन्दा बढी नेपालीलाई कोरोना संक्रमणः ७ जनाको मृत्यु

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - ०७:३२:३७ बजे
साउदी अरबमा मात्रै १ हजार ३ सयभन्दा बढी नेपालीलाई कोरोना संक्रमणः ७ जनाको मृत्यु

काठमाडौँ । साउदी अरबमा १ हजार ३ सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्व क्षेत्रमा ६ सय ९५, जेद्दा क्षेत्रमा १ सय ७६, मक्का आसपासको क्षेत्रमा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा संक्रमण देखिएको छ ।

कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली संक्रमित भएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य परीक्षण गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

कोरोना संक्रमणले समस्यामा परेका नेपालीहरूको विवरण संकलनका लागि दूतावासले जेठ १ गतेदेखि अनलाइन फारम पनि सार्वजनिक गरेको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा बिहीबारसम्म ६५ हजार ७७ जना संक्रमित भएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology