Logo
सोमवार, जेठ १२ गते २०७७

अमेरिकामा गत हप्ता थप साढे २४ लाख वेरोजगार थपिए, वेरोजगारीको संख्या ४ करोड नाघ्यो

अमेरिकामा गत हप्ता थप साढे २४ लाख वेरोजगार थपिए, वेरोजगारीको संख्या ४ करोड नाघ्यो

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - ०७:१३:३१ बजे
अमेरिकामा गत हप्ता थप साढे २४ लाख वेरोजगार थपिए, वेरोजगारीको संख्या ४ करोड नाघ्यो

काठमाडौँ । अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको छ ।

सरकारी तथ्यांकअनुसार मार्च महिनाको मध्यदेखि गत हप्तासम्ममा तीन करोड ८६ व्यक्ति वेरोजगार बनेका छन् । श्रम विभागको तथ्यांक अनुसार मे १६ सम्ममा वेरोजगार भत्ताका लागि नयाँ दावी सहितका आवेदनको संख्यामा अघिल्ला केही हप्ताको तुलनामा केही घटेको छ । यद्यपि अझै पनि बेरोजगार भत्ताका लागि परेका निवेदनमा उल्लेख्य कमी भने आउन सकेको छैन ।

बेरोजगार दरमा पछिल्ला केही वर्ष यताकै उच्च समस्या देखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमित रूपमा औद्योगिक, व्यवसायिक गतिविधिमा स्वतः कमी आउँदा वेरोजगार दरमा उच्च वृद्धि देखिएको विभागले बताएको छ । एजेन्सी

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology