Logo
बिहिवार, जेठ १५ गते २०७७

कोरोना संक्रमित प्रहरीको आमा बस्दै आएकी घर सिल

कोरोना संक्रमित प्रहरीको आमा बस्दै आएकी घर सिल

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - ०७:०१:३९ बजे
कोरोना संक्रमित प्रहरीको आमा बस्दै आएकी घर सिल

काठमाडौँ । महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा ६ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट ट्रेसिङमार्फत जानकारी पाएपछि स्थानीयवासीले त्रासका कारण मिलेर बिहीबार सिल गरेका हुन् ।

सो घरमा आमासहित नौ मानिस बस्दै आएका छन् । उनीहरुको पिसिआर विधिद्वारा कोरोना परीक्षण नभएसम्म बाहिर कसैसँग सम्पर्क नहोस् भनी स्वीकृति लिएर घर बन्द गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, “हामी उहाँहरुको कोरोना परीक्षणको नतिजा नआएसम्म आवश्यक सबै वस्तुलगायत खाद्यान्नको व्यवस्था गरिदिने छौँ ।” स्वाब परीक्षणको नतिजा आएपछि मात्र सो घरको सिल खोलिने श्रेष्ठले जानकारी दिए ।

यसअघि सिद्धिपुरमा बाहिरी जिल्लाबाट आई मानिस बसेका सूचनाका आधारमा वडा कार्यालय र स्थानीयवासी मिलेर गत बुधबार र बिहीबार चार घर बन्द गरेका थिए । ती घरमा गरिएको सिल भने हाल खोलिसकिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology