Logo
सोमवार, जेठ १२ गते २०७७

कोरोना संक्रमितको मृत्यु शंकास्पद

पीसीआर रिपोर्ट पर्ख‌ंदै मदानेवासीः स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको आशंका

पीसीआर रिपोर्ट पर्ख‌ंदै मदानेवासीः स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको आशंका

कामना न्यूज

जेठ ८, २०७७ बिहिवार - १८:५६:५० बजे
पीसीआर रिपोर्ट पर्ख‌ंदै मदानेवासीः स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको आशंका

तम्घास । गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पीसीआर रिपोर्ट पर्खेर बसेका छन् । मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पीसीआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ ।

मृतक शिक्षकलाई कोरोना लागेको हो वा होइन भन्नेमा गाउँले अन्योल

मृतक शिक्षकलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ । मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको र दोस्रोपटक स्वाब लिएको स्थानीयवासीको आरोप छ ।

गाउँमा शंकास्पद मुलकबाट २१ दिनयता कोही नआएको र आएका अन्य वडाका मानिस क्वारेन्टाइनमा बसेकाले कोरोना संक्रमणबारे अन्योल भएको स्थानीयवासी भरत चन्दले बताए ।

स्थानीयवासी प्रेम केसीका अनुसार गाउँलेहरु मृतकको दोस्रोपटकको स्वाब र उनीसँग प्रत्यक्ष सम्पर्कमा जोडिएका ३० जनाको स्वाब रिपोर्ट पर्खेर बसेका छन् । कोरोना संक्रमण पुष्टि हुँदाको दिन स्थानीयवासी धेरै त्रसित भए पनि अहिले त्रास हराउँदै गएको चन्दले बताए ।

परीक्षणको दायरा बढाइने

स्वास्थ्य कार्यालयका अनुसार गाउँका ३० जनाको पीसीआर रिपोर्ट आज साँझसम्म आउँदैछ । स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिको मोबाइलमा समेत रिपोर्टको म्यासेज आउनेछ । उक्त रिपोर्टका आधारमा गाउँपालिकाले परीक्षणको दायरा बढाउने प्रमुख प्रशासकीय अधिृकत सुरेश भण्डारीले बताए ।

‘कहाँ र कोबाट कोरोना संक्रमण भयो भन्नेबारे नै अन्योलमा छौँ,’ उनले भने, ‘स्थानीयको पनि रिपोर्ट पोजेटिभ आएमा परीक्षणको दायरा बढाउने तयारीमा छौँ ।’
त्यसका लागि आवश्यक किटको व्यवस्था गर्ने आश्वासन प्रदेश र संघीय सरकारबाट आएकाले किटको अभाव नहुने उनले बताए ।

अहिले गाउँपालिकालाई पूर्ण रुपमा बन्द गरिएको छ । मानिसलाई घरबाहिर निस्कन तथा हिँडडुल गर्नलाई आजदेखि पूर्णरुपमा प्रतिबन्ध लगाइएको उनले बताए ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology