Logo
सोमवार, जेठ १२ गते २०७७

सुजन विकका हत्या आरोपी पक्राउ

सुजन विकका हत्या आरोपी पक्राउ

कामना न्यूज

जेठ ८, २०७७ बिहिवार - १७:२७:१८ बजे
सुजन विकका हत्या आरोपी पक्राउ

कास्की । पोखरामा दुई दिन अगाडि गाडेको अवस्थामा भेटिएको सुजन विकका हत्या आरोपीलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

विकको हत्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका वडा नं ३ डिहिगाउँ घर भएका २१ वर्षका थमन पुनमगर र २३ वर्षका प्रकाश घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

यही जेठ ३ गतेदेखि हराएका कास्कीको मादी गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–२७, लेखनाथको अर्घौंमा बस्दै आएका विकको चार दिनपछि गाडिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीका अनुसार बिजुलीको पोल गाड्ने काम गर्ने उनीहरु शनिबार साँझसँगै मदिरा सेवन गरी घर फर्कने क्रममा विवाद भएपछि ढुंगाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले घटनाका विषयमा १० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सुजनको शव सृजना बहिरा स्कुल नजिकै खेतको कुलो छेउमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको थियो ।

यसैगरी केही दिन पहिले पनि पोखरा–१४ निवासी २२ वर्षीय विमल रानाभाटको शव प्रहरीले भेटाएको थियो । रानाभाटलाई पनि उनकै साथी ज्ञानबहादुर परियारले घनले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology