Logo
सोमवार, जेठ १२ गते २०७७

थप ९ जनामा संक्रमण पुष्टिः संक्रमितको संख्या ४५३ पुग्यो

थप ९ जनामा संक्रमण पुष्टिः संक्रमितको संख्या ४५३ पुग्यो

कामना न्यूज

जेठ ८, २०७७ बिहिवार - १६:२३:०३ बजे
थप ९ जनामा संक्रमण पुष्टिः संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौँ । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापामा ८ जना नयाँ संक्रमित फेला परेका हुन् । संक्रमित हुनेहरूमा कचनकवल गाउँपालिकाका १७ वर्षीय १ जना, १८ वर्षीय २ जना, २० वर्षीय २ जना, २३, ५२ र ५५ वर्षीष १र१ जना पुरुष रहेका हुन् ।

त्यसै गरी पश्चिम रुपन्देहीमा १ जना नयाँ संक्रमित फेला परेका छन् । उनी २७ वर्षीय पुरुष रहेका छन् । उनी श्रीलंकन गेष्ट हाउसको क्वारेन्टाइन लुम्बिनीमा बसेका थिए ।

योसँगै संक्रमितको संख्या ४५३ पुगेको छ । ४९ जना उपचारपछि घर फर्केका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४०१ जनाको देशका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology