Logo
सोमवार, जेठ १२ गते २०७७

कोरोना भयानक बन्दै, विश्वभर एकै दिन १ लाख संक्रमित, ३ लाख २९ हजारको मृत्यु

कोरोना भयानक बन्दै, विश्वभर एकै दिन १ लाख संक्रमित, ३ लाख २९ हजारको मृत्यु

कामना न्यूज

जेठ ८, २०७७ बिहिवार - १५:५७:०४ बजे
कोरोना भयानक बन्दै, विश्वभर एकै दिन १ लाख संक्रमित, ३ लाख २९ हजारको मृत्यु

काठमाडौँ। कोरोना भाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित तथ्यांक अनुसार हालसम्म ५० लाख ८४ हजार ९ सय १८ जनाका कोरोना देखिएको छ । भने ३ लाख २९ हजार ७ सय १८ ले कोरोना कै कारण ज्यान गुमाएका छन् ।

विश्वभर २४ घण्टाको अवधिमा एक लाखको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार ७ सय ४० जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ८०३ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ३३ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology