Logo
सोमवार, जेठ १२ गते २०७७

नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

कामना न्यूज

जेठ ८, २०७७ बिहिवार - १२:३९:१५ बजे
नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

रुपन्देहीको मणिग्राममा भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमितको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बताए ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षका पुरुष हुन् ।

स्वास्थ्य निर्देशनालय प्रदेश ५ का निर्देशक डाक्टर उमाशंकर चौधरीले मृतकको शव व्यवस्थापनको विषयमा प्रदेश सरकारमा छलफल चलिरहेको जानकारी दिए ।

‘केन्द्र सरकारले कोरोना संक्रमितको शव व्यवस्थापनको निर्देशिका बनाएको छ, हामीले सोही निर्देशिका अनुसार सब व्यवस्थापन गर्छौं,’ उनले भने, ‘उहाँको आज विहान मृत्यु भएको छ, उहाँ कोरोना संक्रमित हो, सामान्य केस होइन, त्यसैले शव व्यवस्थापनको विषयमा हामीले छलफल गर्दैछौं । शव व्यवस्थापन हुन २,३ घण्टा अझै लाग्नसक्छ ।’

शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

pradesh1.jpg

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology