Logo
सोमवार, जेठ १२ गते २०७७

भारतमा ‘अम्फान’ आँधीको 10, करिब डेढ लाख मानिसको उद्धार

भारतमा ‘अम्फान’ आँधीको 10, करिब डेढ लाख मानिसको उद्धार

कामना न्यूज

जेठ ७, २०७७ बुधवार - १२:०७:२६ बजे
भारतमा ‘अम्फान’ आँधीको 10, करिब डेढ लाख मानिसको उद्धार

काठमाडौँ । भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि उच्च सतर्कता अपनाइएको छ । विशेषगरी पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । बुधबार आँधीको बढी डर रहेको मौसम पूर्वानुमान गरेपछि मंगलबारदेखि नै जनजीवनमा त्रास फैलिएको थियो । भारतीय अधिकारीले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका छन् । भारत सरकारका निकायले नागरिकलाई सुरक्षित रहन र आँधीबाट बच्न सार्वजनिक सञ्चारमाध्यमहरुबाट सूचना प्रकाशन तथा प्रसारण गरेका छन् । आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका विभिन्न स्थानबाट उद्धार थालिएकोे बताइएको छ । उक्त राज्यका विभिन्न स्थानबाट करिब डेढ लाख मानिसको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । अम्फान आँधी पारादिपबाट दक्षिण–पूर्व एक सय १० किलोमिटर टाढा देखिएको बताइएको छ । यो आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा रहेको अनुमान यहाँका मौसमविद्हरुले गरेका छन् । बुधबार साँझसम्म यो आँधी पश्चिम बंगालमा आइपुग्ने खतरा देखिएको बताइएको छ । भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ । एजेन्सी

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology