Logo
बिहिवार, जेठ १५ गते २०७७

‘नेपालमा अंपुन चक्रवातको असरः पूर्वी नेपालमा हुरीबतास र चट्याङससहित वर्षा’– मौसमविद्

‘नेपालमा अंपुन चक्रवातको असरः पूर्वी नेपालमा हुरीबतास र चट्याङससहित वर्षा’– मौसमविद्

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा देखिएको अंपुन नामको शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि देखिएको भन्दै सतर्कता आपनाउन आग्रह गरेको छ । अहिले बंगालको खाडीको मध्य भागमा अंपुन नामको चक्रवात धेरै शक्तिशाली रूपमा विकसित हुँदै गएको छ । चक्रवात मंगलबार पूर्वी नेपाल प्रवेश गर्ने महाशाखाले उल्लेख गरेको छ । चक्रवातको असर पश्चिम नेपालका भागमा भने पर्दैन । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’को नेपालमा अप्रत्यक्ष प्रभाव परेको मौसमविदले बताएका छन् । स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । ‘अम्पुन’ चक्रवातको वेग बढ्दै गएको छ । त्यसैले मौसमविदहरुले त्यसलाई ‘सुपर साइक्लोन’ भनेका छन् । हाल यो भारतको ओडिसा हुँदै उत्तरतर्फ सर्दै गएको छ । अम्पुन चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ यसको प्रभावले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने छ । पूर्वी नेपालका जिल्लामा हुरी, बतास र चट्याङससहित वर्षा हुने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसको प्रभाव मध्य नेपालका केही जिल्लामा पनि पर्ने तर पश्चिम नेपालमा असर नगर्ने मौसमविद मानन्धरको भनाइ छ । त्यसबाट काठमाडौं उपत्यकामा पनि अप्रत्यक्ष प्रभाव नै रहने र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ । नेपालमा अम्पुनको अप्रत्यक्ष प्रभाव देखिसकेको छ । अप्रत्यक्ष प्रभावबारे थप प्रष्ट्याउँदै मौसमविद मन्जु बासीले भनिन्, ‘नेपालमा सीधै साइक्लोन आएको होइन, त्यसको बाहिरी घेरामा जुन बादल हुन्छ, त्यो बादल आएको हो ।’ धेरैजसो बंगालको खाडीमा बन्ने चक्रवातले नेपालमा खासै असर पार्दैन । यदि असर परिहाल्यो भने पनि पूर्वी नेपालमा मात्र पार्ने मौसमविद मानन्धर बताउँछिन् । अम्पुन चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology