Logo
सोमवार, जेठ १२ गते २०७७

वालिङ नगरपालिकाका नगर प्रमुखद्वारा कोभिड- १९ को बीमा

वालिङ नगरपालिकाका नगर प्रमुखद्वारा कोभिड- १९ को बीमा

वालिङ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड- १९) बाट आउन सक्ने समस्यालाई मध्यनजर गरी स्याङ्जाको वालिङ नगरपालिकाका नगर प्रमुखले कोभिड- १९ को बीमा गराएका छन्। वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खांणले कोभिड- १९ को बीमा गराएका हुन्। नेपालमा नोबेल कोरोना भाइरसले महामारीको रूप लिन सक्ने भन्दै बीमा बोर्डले सम्पूर्ण बीमा कम्पनीहरू मार्फत १ लाख र ५० हजार रुपैयाँको बीमा पोलिसी जारी गरेको छ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड वालिङ शाखाबाट नगर प्रमुख खांणले प्रतिव्यक्ति रु. १ लाख को दरले आफ्नो परिवारको बिमा पोलिसी खरिद गरेका हुन् । वालिङ शाखास्थित शाखा प्रमुख राजेन्द्र कोइरालाले आइतबार कार्यालयमा नै पुगेर बीमा पोलिसी हस्तान्तरण गरेका थिए । उक्त अवसरमा नगर प्रमुख खांण ले पोलिसी राम्रो र राहत दिने खालको र समयसापेक्ष भएको हुँदा सबैलाई बीमा गर्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology