Logo
सोमवार, जेठ १२ गते २०७७

तीन हप्ते सैन्य तालिम सकेर टोटेनह्याम फर्किए सन ह्युङ मिन

तीन हप्ते सैन्य तालिम सकेर टोटेनह्याम फर्किए सन ह्युङ मिन

एजेन्सी । इंग्लिस क्लब टोटेनह्याम हटस्परका दक्षिण कोरियाली सुपरस्टार फरर्वाड सन ह्युङ मिन लण्डन फर्किएका छन् । तीन हप्ते सैन्य तालिम सकेर उनी लण्डन फर्किएका हुन् । जेजु टापुमा रहेको मारिन क्रप्स बुट क्याम्पबाट तालिम सकेका उनलाई उत्कृष्ट पाँचमा छनोट गर्दै सेनामा भर्ना पनि गरिएको थियो । उनी आफ्नो देशको नियम अनुसार सैनिक सेवा पूरा गर्न अप्रिल महिनाको अन्त्यतिर मरिन बुट क्याम्प गएका थिए । दक्षिण कोरियाको संविधानअनुसार हरेक सबल र सक्षम कोरियाली पुरुषहरूले कम्तीमा दुई वर्ष सैनिक भएर देशको सेवा गर्नैपर्छ । तर दक्षिण कोरियाली राष्ट्रिय फुटबल टिमले सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेपछि भने सनलगायत स्वर्ण पदक विजेता सबै खेलाडीहरूलाई दुई वर्षे बाध्यकारी सैनिक सेवा पूरा गर्नलाई केही समय छुट दिइएको थियो ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology