Logo
सोमवार, जेठ १२ गते २०७७

कोरोनाका कारण विश्वभरि ९६ जना नेपालीको मृत्युु, बेलायतमा सबैभन्दा बढी

कोरोनाका कारण विश्वभरि ९६ जना नेपालीको मृत्युु, बेलायतमा सबैभन्दा बढी

काठमाडौँ। कोरोना भाइरसका कारण विश्वभर ९६ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार कोरोनाले बेलायतमा सबैभन्दा बढी नेपालीको निधन भएको छ।

बेलायतमा अहिलेसम्म कुल ६३ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्युु भएको छ। एनआरएनएको स्वास्थ्य समितिका अनुसार

बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा नेपालीको संख्या १५ जना रहेको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन्।

सापकोटाका अनुसार मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेका छन्।

यो सातामात्र थप १८ जनाको मृत्यु भएको उनले बताए। यस साता ज्यान गुमाउनेहरूमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेका छन्।

त्यस्तै विदेशमा कोरोना संक्रमणको सिकार हुने नेपालीहरूको संख्या ६ हजार ७ सय ८१ पुगेको पनि एनआरएनएले जनाएको छ। संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ।

विश्वभरिका ११ देशमा गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् भने १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित रहेको बताइएको छ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology