Logo
बिहिवार, जेठ १५ गते २०७७

कोरोनाबाट बेलायतमा मात्रै ६३ जना नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा मात्रै ६३ जना नेपालीको मृत्यु

  काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९ का कारण बेलायतमा मात्रै ६३ जनाको मृत्यु भएको छ। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणकाअनुसार बेलायतमा हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन्। मृतकमा ५२ जना भूतपूर्व गोरखा सैनिक रहेको पनि दूतावासले जनाएको छ। दूतावासद्वारा गठन गरिएको सूचना संकलन सहयोग समितिले दिएको जानकारी अनुसार हालसम्म मृत्यु हुने अन्य गैर-सैनिकको संख्या ११ रहेको छ। गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको संख्या ६० पुगेको बताएको थियो। कोरोना संक्रमणले बेलायत पनि निकै प्रताडित बनेको छ। त्यहाँ हालसम्म २ लाख ६७ हजार संक्रमित भेटिएका छन् भने करिब ३४ हजार जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology