Logo
सोमवार, जेठ १२ गते २०७७

‘राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुन्छ’– राष्ट्रपति भण्डारी

‘राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुन्छ’– राष्ट्रपति भण्डारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुने भन्दै राजनीतिक स्थायित्वमा जोड दिएकी छन् । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा उनले सो कुरा व्यक्त गरेकी हुन्। उनले राजनीतिक स्थायित्त्वबाट मात्रै नीतिगत निरन्तरता हुने र नीतिगत निरन्तरताबाट मात्रै सरकारका कार्यक्रमहरू कार्यान्वयन हुने बताइन्। त्यस्तै उनले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताएकी छन्। सम्बोधनको सुरुवातमै सम्पूर्ण कोभिड महामारीको चुनौति पूर्ण अवस्थामा आफूले संसदको वैठकलाई सम्बोधन गर्न लागेको स्मरण गर्दै उनले आर्थिक क्षति आगामी दिनमा पुरण हुने सम्भावना रहेको तर जीवनको क्षति अपूरणीय हुने भन्दै जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताएकी हुन् । संक्रमण प्रारम्भ भएलगतै समन्वायात्वमक कार्यक्रम र सबै नागारिक सरोकारवालाको सकारात्मक भूमिकाले संक्रमण फैलनबाट रोक्नमा ठूलो सफलता मिलेको भन्दै यसमा अग्रपक्तिमा रहेका स्वाथ्यकर्मी सफाईकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक जस्ता पेशाकर्मी प्रति आभार व्यक्त गर्दै उनले संक्रमण फैलन नदिन अझै सर्तकता र एकता आवश्यक रहेको भन्दै एक ढिक्का भएर लाग्न आह्वान समेत गरेकी हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो को प्रति राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए । नेकपा नेतृत्त्वकाे सरकार गठन पछिको यो तेस्रो नीति तथा कार्यक्रम हो । सम्बोधन जारी छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology