Logo
सोमवार, जेठ १२ गते २०७७

यस्तो छ सशस्त्रले कालापानी क्षेत्रमा बनाएको बीओपी (फोटो फिचर)

यस्तो छ सशस्त्रले कालापानी क्षेत्रमा बनाएको बीओपी (फोटो फिचर)

काठमाडौँ। सरकारले नेपाल–भारत सीमाक्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु (गागा) मा सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेको छ। भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठेपछि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दूमा नेपाली सुरक्षाकर्मी तैनाथ गरिएकाे हो। छाङरुबाट कालापानी १२ किलोमिटरको दूरीमा छ भने कौवा क्षेत्र छाङरु देखि झण्डै पाँच किलोमिटरको दूरीमा पर्छ। यस्तै छाङ्गरुबाट लिपुलेक १७ किलोमिटरको दूरीमा छ। गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र प्रहरीको बीओपी स्थलको हवाई निरीक्षण गरेका थिए। त्यस्तै गत चैत पहिलो साता सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायव उपरीक्षक डम्मर बहादुर विष्ट नेतृत्वको टोली स्थलगत निरीक्षण गरेपछि सीमा निगरानी पोष्ट स्थापना भएको हो। (फोटोहरू: रासस)

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology