Logo
सोमवार, जेठ १२ गते २०७७

समयअनुसार बजेटका प्राथमिकता फेरिन्छन्ः मन्त्री खतिवडा

समयअनुसार बजेटका प्राथमिकता फेरिन्छन्ः मन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा। युवराज खतिवडाले संविधानबाट निर्दिष्ट भई पार्टीको सिद्धान्त अनुसार गरेर बजेट आउने बताएका छन् । आर्थिक वर्ष २०७७र०७८को लागि विनियोजना विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले परिस्थिति अनुसार प्राथमिकता भने फेरिने बताएका छन् । उनले स्वास्थ्य, शिक्षा र कृषिमा लगानी बढाउने तथा रोजगारी सिर्जना आगामी बजेटको प्राथमिकता रहने समेत उल्लेख गरे । त्यस्तै कोरोना भइरसका कारण जनजीवनमा देखिएका समस्या समाधानका लागि सरकारको पहिलो प्राथमिकता स्वास्थ्य रहेको स्पष्ट पार्दै उनले आर्थिक वृद्धि र आन्तरिक उत्पादन तथा वितरणलाई बजेटमा ध्यान दिने बताए । सबै क्षेत्रको सन्तुलित रूपमा विकास नगर्दा समस्या आउन सक्ने भन्दै कृषि उत्पादनसँगै त्यसको माग र बजार पनि विकास गर्नु पर्ने भएकाले समग्र क्षेत्रको विकासमा बजेट परिलक्षित हुने समेत बताए । राष्ट्रिय सभाको अर्को बैठक वैशाख ३१ गते बुधवार बिहान ११स्०० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology