Logo
सोमवार, जेठ १२ गते २०७७

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडीमा कोरोना संक्रमण

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडीमा कोरोना संक्रमण

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा हाल युएईको दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । रन्जितले कुराकानी गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताए । कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिए पनि अवस्था सामान्य छ । आइसोलेसनमा बसिरहेको छु,’ सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले भनेका छन् । रन्जितले कोरोनासँग नआत्तिन सबैसँग आग्रह गरेका छन् । रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology