Logo
सोमवार, जेठ १२ गते २०७७

अभिनेता ऋषि कपुर अस्पताल भर्ना

अभिनेता ऋषि कपुर अस्पताल भर्ना

एजेन्सी । बलिउडका चर्चित अभिनेता ऋषि कपुर बुधबार अस्पताल भर्ना भएका छन् । क्यान्सरसँग लडिरहेका ऋषि कपुरलाई बुधबार मुम्बईस्थित  सर ए एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमको अनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ । रनधीरका अनुसार उनी हाल अस्पतालमा छन्  । क्यान्सर भएका  उनलाई  श्वास फेर्नमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । हाल उनको अवस्था ठीक छ ।’ ऋषिलाई आईसीयूमा राखिएको र उनको स्वास्थ्य चिन्ताजनक रहेको खबरलाई रणधीरले इन्‍कार गरेका छन् । ऋषि दुई हप्तादेखि अस्पतालमा उपचाररत रहेको र आईसीयूमा भर्ना गरिएको खबर बुधबार साँझ फैलिएको थियो । रणधीरका अनुसार अस्पतालमा ऋषिको साथमा उनकी पत्नी नीतू कपुर छिन् । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology