Logo
बिहिवार, जेठ १५ गते २०७७

क्रिस्टियानो रोनाल्डो आइसोलेसनमा

क्रिस्टियानो रोनाल्डो आइसोलेसनमा

एजेन्सी । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । रोनाल्डो पोर्चुगलबाट इटली फर्केका कारण कम्तीमा पनि दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको हो । रोनाल्डोसँगै ब्राजिलियन डगलस कोस्टा र एलेक्स सान्ड्रो पनि कम्तीमा दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोनाल्डो सहित अन्य  खेलाडीहरु आ-आफ्नो  देश पुगेका थिए । रोनाल्डो मंगलबार आफ्नो घर पोर्चुगल लिस्वनको मडेरियाबाट इटाली पुगेका थिए । क्लबले आफ्ना सबै खेलाडीलाई प्रशिक्षणका लागि बोलाएपछि रोनाल्डोसहित अन्य खेलाडी इटाली पुगेका थिए । इटालियन सरकारले लकडाउनको समयमा आफ्नो देशभन्दा बाहिरी देशबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान बनाएको छ । सोही अनुसार रोनाल्डो पनि आइसोलेसनमा बस्नुपर्ने भएको हो । इटलीमा मार्च १० देखि लगातार लकडाउन रहेको छ । सिरी ‘ए’ क्लबले ४ मेबाट प्रशिक्षण थाल्ने बताइएको छ । त्यसैले सिरी ‘ए’ क्लबहरुले आफ्नो विदेशी खेलाडीलाई प्रशिक्षणको लागि बोलाएका थिए । सिरी ‘ए’ पुनः सुरु गर्ने भनिए पनि कुन मितिबाट हुने तोकिएको छैन । यसअगाडि युभेन्टसका तीन खेलाडीमा कोरोना भाइरसको पोजेटिभ संक्रमण भेटिएको थियो । दुई खेलाडी कोरोनामुक्त हुदा अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा अझै पनि कोरोना पोजेटिभ देखिएको छ । उनको अहिले उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology