Logo
बिहिवार, जेठ १५ गते २०७७

रेडियो नेपालका कार्यकारी निर्देशकलाई सञ्चार मन्त्रालयले सोध्यो अर्को स्पष्टीकरण

रेडियो नेपालका कार्यकारी निर्देशकलाई सञ्चार मन्त्रालयले सोध्यो अर्को स्पष्टीकरण

काठमाडौँ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई मंगलबार फेरि सञ्चार मन्त्रालयले अर्को स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्ले चैत ९ गते गरेको निर्णयअनुसार भन्दै सञ्चार मन्त्रालयले कार्कीलाई स्पष्टिकरण सोधेको हो । मंगलबार मन्त्रालयका सचिव दीपक सुवेदीले कार्कीलाई पठाएको पत्रमा तीन वटा विषयमा स्पष्टिकरण दिन भनेका छन् । ‘सञ्चार मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादन सम्झौतामा उल्लेखित सूचकांकको सन्तोषजनक प्रगति हुन नसक्नुका कारण, रेडियो नेपालको समग्र वार्षिक कार्यक्रम समयमा सम्पन्न गर्न नसकेको विषय, खुमलटारस्थित रेडियो नेपालको जग्गाको न्युनतम दर कायम गर्दा सरकारी निकायको भाडादर तथा प्रचलित बजार मूल्यको आधार नलिएको र वर्तमान कार्यकारी निर्देशकको कार्यशैली हरेक दृष्टिले संस्थाको हितमा नदेखिएको भनि औंल्याएको विषय’ मा कार्कीलाई सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । यसअघि सोमबार पनि कार्कीलाई स्पष्टीकरण सोधिएको थियो । मन्त्रालयको संस्थान समन्वय शाखाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगको अन्तर्वार्ताका सन्दर्भमा उनलाई स्पष्टीकरण सोधिएको थियो।    

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology