Logo
बिहिवार, जेठ १५ गते २०७७

कोरोना फैलाएको भन्दै अमेरिकामा चीनविरुद्ध मुद्दा हाल्ने तयारी, सुरक्षित अवस्थामा चीन

कोरोना फैलाएको भन्दै अमेरिकामा चीनविरुद्ध मुद्दा हाल्ने तयारी, सुरक्षित अवस्थामा चीन

काठमाडौँ । अमेरिकी राज्य मिजुरीले नियतवश कोरोना भाइरस (कोभिड-१९) महामारी फैलाएको भन्दै मुद्दा हाल्ने भएको छ । उक्त राज्यले चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको हो । 'चीन सरकाले विश्वलाई काेराेनाको जोखिम र संक्रमक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप लगायो,' मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने, 'त्यो कार्यका लागि उनीहरूलाई उत्तरदायी बनाउन पर्छ ।' मुद्दामा मानिसहरूको मृत्यु, उनीहरूको दु:ख र आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ । चीनको अस्वीकार यसैबीच चीनले विपद्लाई गलत तरिकाले व्याख्या गरेकाे भन्दै अस्वीकार गरेकाे छ । यता, मिजुरीका अधिकारीहरूले उक्त मुद्दालाई ऐतिहासिक भने पनि ठूलो कानुनी अड्चन हुने बताएका छन् । अमेरिकी अदालतमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएकाले चीनले यस्ता मुद्दाबाट डराउनु नपर्ने समाचारमा जनाइएको छ । अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चहरूमा जानुपर्छ । जहाँ चीनले समेत जवाफ दिने मौका पाउँछ । कमजोरी लुकाउने प्रयासमा अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरूमा चीनले कोरोना नियन्त्रण गरेको सम्बन्धमा प्रशंसा गरेका थिए । तर अमेरिकामा संक्रमण र मृत्यु बढेर दबावमा आएपछि चीनतर्फै औँला तेर्साएका थिए । यसैबीच युनिभर्सिटी अफ शिकागोस्थित अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक टम गिन्बर्गले अमेरिकी सरकारको आफ्ना गल्तीलाई ढाकछोप गर्न चीनतर्फ दोष थुपार्न खोजेको बताएका छन् । एजेन्सी

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology