Logo
सोमवार, जेठ १२ गते २०७७

संसार कोरोना कहर झेल्दै, चीन विश्वकै ठूलो फुटबल स्टेडियम बनाउँदै

संसार कोरोना कहर झेल्दै, चीन विश्वकै ठूलो फुटबल स्टेडियम बनाउँदै

एजेन्सी । संसारभरि कोरोना कहरले उत्कर्ष रूप लिइरहँदा चीन भने आफ्नो नियमित काममा व्यस्त देखिएको छ । उसले अब संसारकै सबैभन्दा ठूलो फुटबल स्टेडियम बनाउन थालेको छ । यो स्टेडियम हेर्दाखेरि ठ्याक्कै कमलको फूल स्वरूपको हुने बताइएको छ । प्रोफेसनल क्लब ग्वांगझु एवरग्राण्डेले यो स्टेडियम बनाउन लागेको हो । प्रोफेसनल क्लब ग्वांगझू एवरग्रांडेका कोच फाबियो कैनावारो स्टेडियम निर्माण उद्घाटन कार्यक्रममा पुगेका थिए । यस स्टेडियमको निर्माण खर्च झण्डै १३ हजार करोड युआन खर्च हुनेछ । स्टेडियममा झण्डै १ लाख मान्छे एकैपटक बसेर फुटबलको मजा लिन सक्नेछन् । स्टेडियम सन् २०२२ सम्ममा बनेर तयार हुनेछ । त्यस्तै यस स्टेडियममा १६ वटा भीभीआईपी तथा १ सय ५२ वटा भीआईपी कोठाहरू हुनेछन् । त्यस्तै स्टेडियमभित्रै अन्य विभिन्न सुविधाहरू समेत उपलब्ध हुने बताइएको छ । कार्य शुभारम्भका बेला यो ग्राउन्डमा झण्डै २ सय जति ट्रकहरू देखाइएको थियो । जसको अर्थ स्टेडियम निर्माण कार्य चाँडोभन्दा चाँडो सम्पन्न हुने रहेको बताइन्छ । त्यस्तै स्टेडियममा हुने खेलहरूको कभरेजका लागि विभिन्न किसिमको मिडिया एरिया तथा प्रेस रुमहरू समेत तयार गरिनेछ । अहिले विश्वको सबैभन्दा ठूलो स्टेडियमका रूपमा स्पेनिश क्लब बार्सिलोनाको केम्प नाउ भन्ने स्टेडियम रहेको छ । यसको क्षमता ९९ हजार ३ सय ५४ रहेको छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology